बाँके/रासस । डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा शवदाहगृह निर्माण हुने भएको छ । दाहसंस्कार गर्दा हुँदै आएको समस्यालाई मध्यनजर गर्दै नेपालगञ्जस्थित नागरिक समाजका अगुवाका पहलमा गठित वैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिको अगुवाइमा शवदाहगृह निर्माण हुन लागेको हो । यसका लागि समितिले सिधनियाघाटमा १२ कट्ठा जमिन खरिद गर्न लागेको समितिका संयोजक डा सुरेश कनौडियाले बताए । […]
नेपालगन्ज, २८ साउन २०८१ थारु कल्याणकारिणी सभा बाँकेले आउने साउन ३२ गते शुक्रबार नेपालगन्जमा ११ औं अधिबेशन गर्न लागेको छ । अधिबेशनका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रिय उपसभापति देबीलाल चौधरीले उद्घाटन गर्ने थकसा बाँकेका सभापति बिनोद थारुले बताए । सभा बाँकेको गत साउन १९ गते बसेको कार्यसमितिको बैठकले जिल्ला अधिबेशन गर्ने निर्णय गरेको थियो […]
रौतहट । माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन। छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि […]
बीबीसी न्यूज- रुपन्देहीमा एक पशुपालन समूहसँग दुई करोड रुपियाँको सम्झौता भएकोमा गोठ, आहार भण्डार र मेसिनरी तथा ५८ वटा भैँसीको लागि समूहले ८८ लाख रुपियाँ सरकारबाट लियो। महालेखा परीक्षकको प्रतिवेदनअनुसार २०७९ सालको भदौमा अनुगमन गर्दा त मुर्रा भैँसी पाँच वटा मात्रै भेटिए। कपिलवस्तुमा एक किसानले छ लाख रुपियाँ कृषि अनुदान लिए। तर लुम्बिनी प्रदेशको कृषि, […]
काठमाडौं, २८ साउन। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ । जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाईएको थियो। तर, शिर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल […]
मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल मौसमको अवस्था हाल सबै प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । २०८१ साउन २८ गते (सोमबार) दिउँसोː देशभर साधारणतया […]
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँमा जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेका छन् । खानीगाउँस्थित रेसुङ्गा सामुदायिक वनदेखि टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक केसीका अनुसार यहाँका ६५ वर्षीय टोपबहादुर […]
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका – १२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले ढकेरी पुल नजिकै ठक्करबाट एक जना युवकसहित २१ वटा खसी बाख्राको मृत्युको घटनामा क्षतिपूर्ति बापत साढे २१ लाख रुपैयाँ दिने सहमति भएको छ। स्कुल बसको ठक्करबाट बाख्रा चराउन गएका राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको […]
खजुरा (बाँके), साउन २७ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सयभन्दा बढीको सङ्ख्यामा आउने गरेको कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्ता गराएको प्रमुख जिल्ला अधिकारी […]
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् । सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिएका हुन् […]












