काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आज देखि हुदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै छन् । परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार […]

गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक […]

  बर्दिया — जिल्ला अदालत बर्दियाबाट बहुविवाह मुद्दामा सजाय पाएका फरार गुलरिया नगरपालिका–२ का जितु विकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले ०८० साल मंसिर २९ गतेको फैसला गर्दै बहुविवाह गरेको अभियोगमा ३ वर्ष ४ महिना १४ दिन कैद र ३५ हजार जरिवानाको फैसला गरेको थियो । फरार रहेका विकलाई उनकै घरमा लुकीछिपी […]

काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकारविरुद्धको आन्दोलनका बीचमा भड्किएको हिंसा केही समयमै हिंसामा परिणत भएको छ । जसको असर हसिनाले सोमबार नै आफ्नो पदबाट राजीनामा दिएर देश नै छोड्नुपर्ने अवस्था सिर्जना भयो । हसिनाले देश छोडेर भारत आएकी छन् । अर्कोतर्फ बंगलादेशको सेनाले देशमा जतिसक्दो चाँडो शान्ति स्थापना गरी अन्तरिम सरकार गठन गर्न जोड दिएको […]

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरुमा, गण्डकी प्रदेशको थोरै स्थानहरुमा, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा […]

राँझा (बाँके), साउन २१ गते । बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती सोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च […]

    धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । नाउपा पनि सरकारमा सहभागी भएपछि उक्त मन्त्रालय पाएको हो । उक्त मन्त्रालय लक्ष्मणकिशोर चौधरीले सम्हालने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।   सुदूरपश्चिममा मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको […]

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, […]

बीबीसी – विगत एक दशकको सरकारी विवरणले नेपालमा सडक दुर्घटनाबाट दैनिक रूपमा सात जनाको ज्यान जाने गरेको देखाएको छ। कतिपय विज्ञहरू यसले नेपालमा सडक सुरक्षाको अवस्था “भयानक रहेको देखाएको” बताउँछन्। दुर्घटनामा आफ्नो परिवारका सदस्य गुमाएकाहरूले सडक दुर्घटनाले आफूहरूलाई “आर्थिक र मानसिक”रूपमा गहिरो क्षति पुगेको बताउने गरेका छन्। अधिक सडक दुर्घटनाका कारण कुनै पनि परिवार र […]

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी […]