रासस/काठमाडौँ —पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो । कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै […]
नेपालगञ्जको बीपीचोकमा हाम्रो सेकुवा घर सञ्चालनमा आएको छ। होटल क्षेत्रमा अनुभवी व्यक्ति गजेन्द्र थापाले सो सेकुवा घर सञ्चालनमा ल्याउनु भएको हो । नयाँ वर्ष २०८२ साललाई मध्यनजर गर्दै सुरुवात गरिएको सेकुवा घरको होटल व्यवसायी सङ्घका अध्यक्ष रङ्ग बहादुर खड्का र सञ्चालक थापाकि छोरी समृद्धि थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो फरक पहिचान फरक स्वाद सहित […]
प्रतीकात्मक तस्वीर, काठमाडौं । बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । प्रहरीका अनुसार बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् । घरदेखि झन्डै ५० मिटर टाढा रहेको चउरमा पेट्रोल खनाएर आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरेका थिए । […]
बिबिसि ।नयाँ वर्षको प्रसङ्ग आउनासाथ हामी सबैको मनमा नयाँ उत्साह जागृत हुन्छ। अहिले हामी नेपालसहित एशियाका विभिन्न देशमा फेरि एउटा नयाँ वर्ष मनाउने क्रममा छौँ। सांस्कृतिक विविधता भएका विभिन्न देशमा अनेकौँ संवत् र पात्रो/पञ्चाङ्गहरू प्रचलनमा छन्। त्यसैले त्यहाँ ३६५ दिनमा धेरै नयाँ वर्षहरू मनाउने गरिएको पाइन्छ। नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ। […]
कपिलवस्तु —अर्घाखाँची कपिलवस्तुको सीमा क्षेत्रको वनमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–९, गव्दहवा बस्ने २८ वर्षका समुन्द्र गाहामगरको खुट्टामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनमणि अधिकारीले बताए । शनिबार दिउँसो १२ बजेतिर सोही ठाउँ बस्ने ३४ वर्षे रामबहादुर थारु र राम थारु […]
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ। यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ। यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ। नयाँ वर्षको सुरूवात सामान्यतया […]
गुलरिया — बारबर्दिया नगरपालिका–४ जिराहा सामुदायिक वनमा दाउरा संकलनका लागि गएकी ४० वर्षिया उर्मिला थारुलाई चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणपछि थारु घाइते भएकी छन् । डिभिजन वन कार्यालय,बर्दियाका सूचना अधिकारी एंव वन अधिकृत रामकुमार चौधरीका अनुसार चितुवाको आक्रमणमा परी घाईते थारुको बारबर्दिया स्थित नगर अस्पतालमा उपचार भइरहेको छ । बर्दियाका सामुदायिक वनमा […]
काठमाडौं- काठमाडौंमहानगरपालिका-१३ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, नोर्फिन ४एम्पुल र प्रोमेथाजाइन हाइड्रोक्लोराइड ४ एम्पुल सहित नागार्जुन नगरपालिका-७ हसनटार बस्ने लमजुङवेसीसहर नगरपालिका-२ घर भएका ३० वर्षीय सन्दिप बोहरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३१ प ९१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । ललितपुर […]
नेपालगन्ज- चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी वर्षाले बाँके जिल्लामा रहेका ३० भन्दा बढी इँटा उद्योगमा तयार पारेर राखिएको साढे सात करोड रुपियाँभन्दा बढीको काँचो इँटा नष्ट भएको छ । नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वलीले यही चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी […]
वीरगन्ज (पर्सा), चैत ३१ गते । हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् ।दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते […]












