औद्योगिक देशहरूले सिर्जना गरेको समस्याका कारण हामीजस्ता हिमाली गरिब मुलुकका जनताहरू समस्यामा छौं। औद्योगिक राष्ट्रहरूले यसको लागि केही पैसा दिए पनि ती पैसा राजधानी र त्यसको वरिपरि रहेका दिमागहरूको व्यवस्थापनमा नै सकिने गरेको देखिन्छ। – प्रकाश रेग्मी गएको हप्ता (उज्यालो अनलाइन लगायतका डिजिटल सञ्चारमाध्यमहरूले फागुन १७, २०८१ शनिबार) भारतको उत्तराखण्ड राज्यको चमोलीमा भएको हिमताल […]
जाजरकोट। जाजरकोट कुशे गाउँपालिका ८ ग्राक्लीका जनकबहादुर रोकायको घरमा आगलागी हुँदा १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब १२ बजे खाना पकाउने चुलोबाट आगो लागेको थियो । खाना पकाउने चुलोबाट सल्किएको आगोले घर पूर्ण रूपमा क्षति भएको छ । घरमा आगलागी भएपछि स्थानीयको सहयोगमा उद्धार गरिएको […]
लुम्बिनी/रासस— विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो । धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका […]
काठमाडौं । पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ । विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरुले नाराबाजी शुरु गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरु विमानस्थल बाहिर भेला भएका हुन् । […]
गुलरिया (बर्दिया) । बर्दिया जिल्लाका गुलरिया र बारबर्दिया नगरवासी जब्दीघाटमा रहेको भत्किएको पुल हेर्दै काठको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् । विसं २०७९ मा जब्दीघाटको पक्की पुल बाढीले पूर्ण रूपमा बगाएपछि बारबर्दिया नगरपालिकाले नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का लगाएको छ । स्थानीयवासी काठको पुल होस् वा डुङ्गा, पैसा तिरेर नदी तर्न बाध्य छन् । नदी […]
गुलरिया (बर्दिया)। बर्दियाको मधुवन नगरपालिका–७ का युवा वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई जोगाउनका लागि रातभर गस्ती गर्न थालेका छन् । एक हप्ताको फरकमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि उनीहरू रातभर गस्ती गर्न थालेका हुन् । भारतीय सीमावर्ती क्षेत्रमा रहेको वडा नं. ७ का विभिन्न गाउँका करिब ३० जना युवा र सुरक्षाकर्मीको टोली रातभर गस्ती गरिरहेको छ । गाउँमा भएका […]
बाँके। चालु आवको असारभित्रै सम्पन्न हुने भनिएको बाँकेको खजुरा गाउँपालिका ४ चल्तुवा र जानकी गाउँपालिका ४ छत्रपुर जोड्ने किरण नाला पुल सम्पन्न गर्नका लागि करिब तीन करोड रुपियाँ आवश्यक छ । तर चालु आवमा ५० लाख रुपियाँ मात्रै विनियोजन भएको छ । यो पुल निर्माण व्यवसायीको ढिलाइ र प्राविधिक कारणले लामो समय निर्माण कार्य रोकिएर […]
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाको मृत्यु प्रकरणमा अहिलेसम्म आठ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय […]
काठमाडौँ । आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक बर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष […]
काठमाडौं – दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ। मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको हो। उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। उनीहरूलाई विभिन्न देशमा वैदेशिक […]












