नेपालगन्ज —बाँकेको नेपालगन्ज-१२ बेलासपुरमा पिकअप गाडी अनियन्त्रित भई घरभित्र पस्दा ६ वर्षीय दृश्यसिंह बुढाथोकीको मृत्यु भएको छ । ३ जना घाइतेको नर्सिङहोममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले जानकारी दिए । उनका अनुसार बेलासपुर गाउँको मोडमा रहेको एक घरबाट सामान लोड गरेर फर्किने क्रममा भे १ च ३८१५ […]

काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण […]

  सञ्जय मिश्रा, रौतहट । सामुदायिक सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुबा, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन अर्दली सुन्दा अपत्यारिलो लाग्नसक्छ तर यो यथार्थ हो रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ५ ईशलाम्पुर गाउँ छेउ रहेको श्री रहमान प्राथमिक विद्यालयको । यस दुर्लभ विद्यालयका प्रधानाध्यापक र गुजराको नगर शिक्षा संयोजकको मिलोमतोमा बर्षेनी लाखौं रुपैयाँ भ्रष्टाचार हुँदै […]

नेपालगन्ज । प्रहरीले भारी मात्रामा लागु औषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्युरोको सूचनाका आधारमा लुम्बिनी प्रदेश र बाँके प्रहरीको संयुक्त टोलीले भारत बहराईच काजिपुरवाका २१ वर्षीया अल्बक्स खाँलाई पक्राउ गरेको हो । उनको साथबाट ७२२ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले सोमबार साँझ […]

  नयाँदिल्ली, १३ फागुन । झारखण्ड प्रहरीले खुन्ती जिल्लामा तीन किशोरीलाई बलात्कार गरेको आरोपमा १८ नाबालिगलाई पक्राउ गरेको छ । समाचार अनुसार १२ देखि १७ वर्षका ती सबै १८ अभियुक्तलाई हिजो बाल सुधार गृहमा पठाइएको र सोमबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो । पाँचजना युवती […]

नेपालगन्ज । नेपालगन्जमा सञ्चालनमा रहेको लर्डबुद्ध एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पताललाई सञ्जीवनी अस्पतालको नाममा रुपान्तरण गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले २४ घण्टाभित्र अनुमति लिएको प्रमाण पेश गर्न निर्देशन दिएको छ । मेयर प्रशान्त विष्टले एक विज्ञप्ती जारी गरी उक्त निर्देशन दिएका हुन । उनले अनुमति लिएको नभएको भए सञ्जीवनी अस्पतालको बोर्ड हटाइ कानुन बमोजिम अनुमतिपत्र […]

  सञ्जय मिश्रा, रौतहट । रौतहटको सदरमुकाम गौरस्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एकजना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका छन्। डाक्टरले लापरवाही पूर्वक गौर नगरपालिका- ३ का धर्मेन्द्र अधिकारीका छोरा १८ बर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अपरेसन) गर्दा मृत्यु भएको भन्दै मृतकका काका देवी भन्ने देवेन्द्र […]

बाँके- नेपालगंज उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ बस्ने २३ वर्षीय विनय कोरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  बिजुवार । माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उहाँकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ। घटनाको जानकारी पछि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा […]

  लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिकाको घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।