सल्यान । सल्यानको कपुर कोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेत र घाइते चालक २६ वर्षीय […]

नेपालगन्ज -बडा दसैँको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आजबाट यमपञ्चक सुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता […]

बर्दिया — बर्दियाको राजापुर नगरपालिका–६ टपरा नजिकैको हुलाकी सडक खण्डमा भे ७ प २६११ को मोटरसाइकल दुर्घटना हुँदा वडा न.१० डुण्डीपुरका २७ वर्षीय एलिस शाहको मृत्यु भएको छ । तिब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । तिब्रगतिमा रहेको मोटरर राईकल विद्युत् पोलमा ठोकिएको थियो । गम्भीर घाईते शाहको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा […]

बर्दिया । बर्दियाको मधुवन नगरपालिका ३ कोठिया सामुदायिक वनबाट एक वटा भरूवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । बर्दिया प्रहरीका अनुसार पक्राउ पर्नेमा राजापुर नगरपालिका १० नर्सरी का ६३ वर्षीय चन्द्रबहादुर भण्डारीसहित तीन जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको थियो । […]

नेपालगञ्ज। नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमुना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमुना परीक्षण भएको हो । उक्त परीक्षणमध्ये आर्थिक वर्ष २०७८/७९ मा पाँच सय दुई घटनाका एक हजार पाँच सय ५२ […]

बुटवल । दशैको समयमा पिग खेल्न दिने भन्दै दांगका ८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका दुई जवानमध्ये सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् । गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

बर्दिया- आज देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।   दिउँसोː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई […]

  बिबिसि- दर्शकको अपार साथ पाएको नेपाल घरेलु मैदानमा पेनाल्टी शूट आउटमा भारत माथि ४‍-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पिअनसिपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिपमा भारतमाथि यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पिअनशिपको उपाधीका लागि नेपालले अब बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित […]

बीबीसी- सरकारले नौ वर्षदेखि छापिरहेको ‘चिप्स’ जडित ‘स्मार्ट लाइसन्स’को वैकल्पिक व्यवस्था गर्ने प्रक्रिया सुरु गरेसँगै अब हामीले पाउने सवारीचालक अनुमतिपत्र यस अघिभन्दा फरक हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले छिट्टै नयाँ लाइसन्सलाई कानुनी मान्यता दिलाउन गृहकार्य सुरु गरिएको बीबीसीलाई बताएका छन्। एशियाली विकास ब्याङ्कको २.५ करोड अमेरिकी डलर अर्थात् झण्डै तीन […]

  काठमाडौं-  आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग-२ को खेल खेल्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार मात्रै लिग-२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। लिग-२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी-२० सिरिज खेलको थियो। सिरिज नेपालले क्लिन […]