लुम्बिनी /रासस — दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको बिहीबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो । लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी […]
पोेखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि ६ अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान […]
२०८१ कार्तिक ०८ गते (बिहिबार) दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । रातीːकोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी […]
धम्बोझी, कात्तिक ८ गते । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्ष देखि नेपालगन्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनुभएको छ । २०७६ सालमा नेपालगन्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न एक वर्ष अघिदेखि नै […]
बुटवल/ईकान्तिपुर— लुम्बिनी प्रदेश सरकारमा बुधबार नियुक्त भएका तीन मन्त्रीले बिहीबारर शपथ लिएका छन् । कांग्रेसका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, देवकरण कलवारले वन तथा वातावरण र जसपाका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरसमक्ष शपथ लिएका हुन् । उनीहरूलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार […]
बीबीसी- दशैँपछि सहरी क्षेत्रमा डेङ्गी रोगको प्रकोप र पहिल्यै अन्य रोग भएका बिरामी अस्पतालमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्। “अझै एक महिना नेपालमा डेङ्गी सङ्क्रमण बढ्न सक्ने देखिन्छ र त्यसबीचमा थप क्षति नहोस् भन्नका लागि हामी सजग भएका छौँ,” प्रवक्ता डा प्रकाश बुढाथोकीले बीबीसी न्यूज नेपालीसँग भने। जनस्वास्थविज्ञ तथा […]
बाँके— तीहार नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरुको लर्को लाग्न थालेको छ । दसैंमा घर आउन नसकेका उनीहरु तीहारको मुखमा नेपालगन्ज नाका भएर धमाधम फर्किरहेका छन् । आर्थिक अवस्था कमजोर भएका लुम्बिनी र कर्णालीका पहाडी जिल्लाका हजारौ नेपाली भारतको सिमला, कालापहाड लगायतका क्षेत्र मजदुरी गर्न जाने गरेका हुन । तीहार मनाउन भारतबाट मजदुरी […]
दाङ- रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका २ दिने शिशुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लुंग्री गाउँपालिका १ छिउधरका अमृत रोका, उनकी सुत्केरी श्रीमती र दुई दिनको छोरा चढेको लु ३ च १६५६ नम्बरको बोलेरो गाडी मंगलबार बिहान […]
गुल्मी/रासस — विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक-पटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् । टिकट काटेर पनि पटक-पटक विमानस्थल पुगेर घण्टौँसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा […]
बाँके/ रासस। बाँकेको जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिकलगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र गरिएका छन् । ग्रामीण बस्ती कालोपत्र भएपछि नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिँदा स्थानीय […]











