दाङ । अमेरिकी सरकारले सन् २०२४ का लागि ग्लोबल एन्टी रेसिजम अवार्डसहित दाङकी अभियन्ता उर्मिला चौधरीलाई सम्मान गरेको छ । अमेरिकी विदेश मन्त्रालयलले देउखुरीकी चौधरीलाई उक्त सम्मान प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा चौधरी उलेखनीय भूमिका निर्वाह गर्दै आएको भन्दै सम्मान गरेको हो । त्यसैका […]

बाँके /रासस। कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैँमा घरमा खान, […]

  काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थापनमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न बर्दिया घर भएका ज्योति भण्डारी र ज्योति गुरुङलाई पक्राउ गर्न ईन्टरपोलमा रेड नोटिस जारी भएको छ । भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ । […]

  नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण अन्नबाली जोगाउन समस्या परेको गुनासो गरेका छन् । जानकी–५, गुरुवागाउँका रामकुमार यादवले भन्नुभयो, “न घर जोगाउन सकियो, न त अन्नबाली नै । यसबारे स्थानीय सरकार पूरै जानकार भए पनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।” गुरुवागाउँमा हरेक दिनजसो दुई सयको हाराहारीमा […]

  नेपालगञ्ज/रासस । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि विद्युतीकरण नहुँदा स्थानीय विभिन्न काम गर्न सास्ती झेल्न बाध्य भएका बताएका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरपरिवारले विद्युत्को सुविधा नपाउँदा […]

नेपालगन्ज/ रासस। बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना र जानकारी प्रदान गर्न करिब रु […]

बर्दिया- लुम्बिनी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ । २०८१ कार्तिक ०५ गते (सोमबार) दिउँसोː लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा […]

बिबिसि- नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार लय समाउँदै अमेरिकाविरुद्धको तीन टी-२० शृङ्खला ‘क्लिन स्विप’ गरेको छ। नेपालले शृङ्खलाको अन्तिम खेल आठ बल बाँकी छँदै आठ विकेटले जित हासिल गरेको हो। यो अमेरिकाविरुद्ध नेपालको पहिलो क्लिन स्वीप हो। पछिल्लो समय लगातार खराब समयबाट गुज्रिरहेका बेला नेपाली टोलीले यो जित प्राप्त गरेको हो। स्थानीय समय अनुसार आइतवार […]

नेपालगन्ज, ४ कार्तिक २०८१ नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले नेपालगन्जमा महोत्सव गर्ने भएको छ । महासंघले यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जको वाटरपार्कमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ सञ्चालन गर्न लागिएको आइतबार नेपालगन्जको वौद्ध गुम्बामा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । पत्रकार संम्मेलनमा […]

दाङ/रासस— कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो । आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई […]