खजुरा (बाँके), साउन २७ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि  स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सयभन्दा बढीको सङ्ख्यामा आउने गरेको कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्ता गराएको प्रमुख जिल्ला अधिकारी […]

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।   सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिएका हुन् […]

बीबीसी — नेपाल सन् १९७१ देखि यही सूचीमा छ। हाल नेपाललगायत विश्वभरिका ४६ मुलुक एलडीसीको सूचीमा रहेका छन्। दक्षिण एशियामा नेपालबाहेक बाङ्ग्लादेश, भुटान र अफगानिस्तान पनि एलडीसीको सूचीमा छन्। विश्व ब्याङ्कले सन् २०२० मै नेपाललाई न्यून आय भएको मुलुकबाट न्यूनमध्यम आय भएको मुलुकमा उकालिसकेको छ। पाँचवर्षे सङ्क्रणकालमा कुनै कारणवश नेपालका सूचकाङ्क खस्किए भने राष्ट्र सङ्घले […]

काठमाडौं, २७ साउन । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमण गर्न काठमाडौँ आईपुगेका छन् । केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमणमा आएका हुन । सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको […]

  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल मौसमको अवस्था  हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको […]

नेपालगन्ज —बाँकेमा बादी समुदायका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्थाका तत्कालीन अध्यक्षले चार करोड बढी मूल्य पर्ने घरजग्गा श्रीमतीलाई बिक्री गरेको देखाएर हिनामिना गरेको खुलेको छ । सोसियल अवेरनेस फर एजुकेसनल (सेफ) नेपालका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६ एकतानगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा […]

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए । “यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो”,उनले भने,“भोलिपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु […]

सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो। नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ।  

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, […]

काठमाडौं, २५ साउन । मुख्यतयाः बलात्कारमा मुददामा किशोरहरु बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आए पछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ ।   १८ बर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि बलात्कारमा दरिने कानुनका कारण हजारौं किशोर सुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था देखिए पछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो । […]