खजुरा, वैशाख २२ गते । बाँकेलगायत विभिन्न जिल्लामा उत्पादन गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गत वर्षभन्दा यस वर्ष विषादीको मात्रा कम पाइएको छ । कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगन्जका नायब प्राविधिक सहायक गौरव चौधरीले प्रयोगशालामा परीक्षण गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गतवर्षभन्दा यस वर्ष विषादीको मात्रा कमी पाइएको […]
बैतडी, वैशाख २२ गते । पछिल्लो समय भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् । पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताउँदै भन्नुभयो, “बैतडीबाट छोराको विवाह गर्नुपर्यो ।” पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई […]
झापा/ईकान्तिपुर — झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उदयपुर घर भई दमकमा डेरा बसेर पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीलाई गोली प्रहार भएको हो ।अधिकारी हिमालय माध्यमिक विद्यालयमा […]
नेपालगन्ज, वैशाख २१ गते । नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको अन्तर्राष्ट्रिय मापदण्डको देशकै ठुलो पौडी पोखरी मध्यको पौडी पोखरीमा अहिले पौडी खेल्न पुग्नेहरू दिनदिनै बढ्दै गएका छन् । अत्यधिक गर्मी र तातो हावा ‘लू’ बाट जोगिन पौडी पोखरीमा पुग्नेहरू बढ्दै गएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो । उहाँले गर्मी अत्यधिक बढेपछि […]
नेपालगन्ज । बाँकेमा डिपिटी र पोलियो खोप अभाव भएपछि दाङ र बर्दियाबाट सापटी मागेर काम चलाइएकोे छ । बाँकेका स्वास्थ्य प्रमुख अंगतबहादुर शाहीले बाँकेमा डिपिटी र पोलियो खोप अभाव भएपछि बिहीबार दाङ र बर्दिया जिल्लाबाट सापटीमा खोप ल्याउन थालिएको बताएका छन्। बर्दियाबाट २५० भाइल र एक सय टेन्टा तथा दाङबाट पनि एक सय टेन्टा खोप […]
नेपालगन्ज, वैशाख २१ गते । भनिन्छ, गरे के हुँदैन । मन लगाएर गर्ने हो भने नेपालमै सुन फलाउन सम्भव छ, विदेश जानै पर्दैन । नेपालीहरू पैसा कमाउन कतार, साउदी र भारततर्फ ओइरिरहेका बेला एक भारतीय नागरिकले बाँकेको राप्ती नदीको बगरमा एक हजार क्विन्टल तरबुजा फलाएर बिक्रीका लागि तयार पारेका छन् । राप्ती नदीको सिधनिघाटस्थित […]
काठमाडौं, वैशाख २० । राप्रपाले पार्टीकी प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी प्रकरणको छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिनको माग गर्ने निर्णय भएको उल्लेख छ। राप्रपा सांसद बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको खबर […]
गुलरिया बैशाख २० गते । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बर्दियाबाट राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेकी गीता बस्नेत फरार भएका छन् । उनलाई पक्राउ गर्न नवलपुर प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर ४८ घण्टा बितिसक्दा पनि प्रहरीले उनलाई खोज्न सकेको छैन । पक्राउ पुर्जी […]
नेपालगन्ज, वैशाख २० गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुर गाउँमा भएको आगलागीमा परेर १५ वटा पशुचौपाया मरेका छन् भने करिब ३० लाख रुपियाँको क्षति भएको छ । सो आगलागीबाट बालापुरमा रहेको चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको तथा अन्नपात र धनमाल नष्ट हुनुका साथै करिब […]
नेपालगन्ज, वैशाख २० गते । खाडी मुलुकमा दुःख गरेर युवाले कमाएको अर्बौं रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । बाँकेमा मात्र यसरी ठगिने सयौँ युवा रहेको पीडितले बताएका छन् । यसरी ठगिने एक युवा हुन् मलेसिया काम गरेर चार वर्षअघि फर्किएका हरिबहादुर बुढाक्षेत्री । बाँकेको खजुरा गाउँपालिका–२, गौघाटनिवासी हरिबहादुर बुढाक्षेत्री डेढ दशकअघि रोजगारीको सिलसिलामा […]












