बाँके/ रासस। नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन” प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो । बेम्बोमा प्रकुपाइन जोडिएकाले ठुलो बढी आउँदा पनि त्यसले थेग्न सक्ने जनताको तटबन्ध कार्यक्रमका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिए […]
बर्दिया, ३० असार २०८२- बर्दियाको बढैयाताल गाउँपालिका ४ बुटहा स्थित दोरहवा नालामा बनेको पुल जिर्ण बन्दै गएपछि आवतजावत् ठप्प हुने जोखिम बढेको छ । नेपालगन्ज गुलारिया हुलाकी राजमार्गमा पर्ने भोलागौढी र महेन्द्र राजमार्गमा पर्ने सीजी कम्पनी, भगरा चोक दुई राजमार्ग जोड्ने मुख्य सडक अन्र्तगत बुटहा गाउँ स्थित दोरहवा नालामा उक्त पुल पर्ने गर्दछ । पुल […]
काठमाडौँ/ईकान्तिपुर — नागरिक उन्मुक्ति पार्टीले असार २१ मा सरकारलाई दिएको समर्थन फिर्ता लियो। तर उन्मुक्तिका सांसद अरुणकुमार चौधरी अहिले पनि सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री कायम छन्। चौधरीले भने आफूले पाँच दिन अघि नै राजीनामा दिइसके पनि स्वीकृत नभएको बताएका छन्। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा […]
गुलरिया। मोटरसाइकल दुर्घटनामा परी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को निधन भएको छ । उनी सवार भे १३ प ९३६७ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परी निधन भएको हो । दुर्घटनामा परी गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो । बर्दियामा उपचार सम्भव नभएपछि उनलाई शिक्षण […]
इनरुवा। सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ महरम चौकका गोली प्रहारी गरी १८ वर्षीया अर्सी खातुनको हत्या गरिएको छ । खातुनलाई उनकै भिनाजु भारत पत्रहा पञ्चायत–१६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिएका छन् । अरसिको घटनास्थलमै मृत्यु भएको […]
काठमाडौं, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश लगायत पहाडी भू-भाग साधारणतया बदली रही […]
बर्दिया — गुलरिया नगरपालिका–५ जिल्ला समन्वय समिति कार्यालयनजिक विद्युत पोलमा मोटरसाइकल ठोक्किँदा भारतीय नागरिक गुरमुख सिंहको मृत्यु भएको छ । आइतबार दिउँसो भएको दुर्घटनामा जिल्ला बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय सिंहको मृत्यु भएको हो । सुहेलवादेखि राधाकृष्ण चोकतर्फ जाँदै गर्दा सिंहले चलाएको भारतीय नम्बरप्लेटको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको बर्दिया प्रहरीले जनाएको छ । घाइते […]
बर्दिया- बारबर्दिया नगरपालिका ६ मानपुर बस्ने गोबिन्द थारूको छोरा ९ वर्षीय गौरव थारूको सोही ठाउँस्थित खटैरा खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालगन्ज— प्रयाप्त बर्षा नभएका कारण बर्दियामा धान रोपाई पूरा हुन समस्या देखिएको छ । किसानले खल्डाखुल्डीमा रहेको पानी पम्पसेटबाट तानेर सिचाई गरी रोपाई गरेका छन् । तर त्यो पनि सुकेपछि रोपाई ठप्प हुन सक्ने देखिएको छ । पानी अभावमा रोपाई पहलिएको छ । संचाई अभावमा रोपाई रोकिएपछि धानको ब्याड छिपिन थालेको छ । समयमै रोपाई […]
नेपालगन्ज —नेपालमा राति आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ । संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो । यो […]











