काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ । दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा पलाएको मासुको डल्लो दूरबिन विधिबाट शल्यक्रिया गर्नु जटिल मानिन्छ । यो जटिल खालको शल्यक्रिया भेरी अस्पतालका न्यूरोसर्जन विशेषज्ञ डा. सुवोध गौतम र नाक, कान, घाँटी (ईएनटी) सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वमा […]

बाँके/रासस । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बिचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा […]

काठमाडौँ । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर सत्तारुध दलहरुले हटाउने तयारी गरेका हुन् । मंगलबारको संसद बैठकमा पनि उपसभामुख रानाको पक्ष विपक्षमा सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता […]

बुटवल । लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए । कुर्मीले मंगलबार राजीनामा दिएका हुन् । कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन भइरहेको […]

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका वडा न. २४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरूलाई ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरू वडा कार्यालय परिसरबाटै पक्राउ गरिएको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर […]

गुलरिया/रासस । बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली नदी किनारमा आज अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । पाँच फिट पाँच ईन्च उचाइ भएको, सडीगली अनुहार नचिनिने अवस्थाको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । […]

बाँके/रासस । बाँके जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासन नेपालगञ्जले जनाएको छ । सङ्घीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाले […]

नेपालगञ्ज (बाँके) रासस — बाँकेको नरैनापुर गाउँपालिकामा १ जनालाई जापनिज इन्सेफ्लाइटिस भएको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिइन् । बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको डा. खड्काले बताइन् । ‘प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज […]

काठमाडौँ । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हुन् । उनले फौजदारी अपराध कार्यबिधि संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु […]

बर्दिया-  बर्दिया जिल्लाको नेतृत्व सम्हालिरहेकी छन्, रुद्रादेवी शर्माले । ०७६ बाट नै उनको प्रजिअको यात्रा रोकिएको छैन । रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक हुँदै उनको ५ औं जिल्लाका रूपमा कार्यभार सम्हाल्न बर्दिया पुगेकी हुन् । प्रजिअका रूपमा ३ महिना पुग्नै लाग्दा अन्य जिल्लामा भन्दा बर्दिया चुनौती धेरै रहेको उनले महसुस गरेकी छन् । राष्ट्रिय निकुञ्ज भएकाले मानव र जनावारबीचको द्वन्द्व, […]