काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेश प्रदेशका साथै बागमती, गण्डकी र […]

बाँके- बाँके जिल्लामा ग्यास व्यवसायीलाई प्रशासनबाट आतंकित गराउने काम भएको छ। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आएको भन्दै पसलमा गएर स्टक विवरण माग्ने, आफ्ना मान्छेलाई बोलाएर ग्यास देउ भन्ने कार्यहरू भइरहेका छन् । ग्याँस नदिएको खण्डमा व्यवसायीलाई लगेर थुन्ने जस्ता कार्यहरू भइरहेका छन्। ग्याँस अति आवश्यक वस्तु अन्तर्गत भएकाले कालोबजारी सम्बन्धी फौजदारी कारबाही र ऐनबमोजिम सजाय […]

बर्दिया/ईकान्तिपुर – बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएका गैंडाको खास चुनौती हो– बासस्थान । चार दशकअघि पहिलो पटक चितवन निकुञ्जबाट १३ वटा एकसिंगे गैंडा बर्दिया स्थानान्तरण गरिएको थियो । चितवन निकुञ्जबाट २०४३ सालयता पटकपटक गरी बर्दियामा ८८ वटा गैंडा स्थानान्तरण गरिएको छ । यसरी बर्दिया ल्याइएकामध्ये ४७ भाले र ४१ पोथी थिए । स्थानान्तरण गरिएपछि गैंडाको संख्या […]

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह तीन दिनपछि जंगलमा मृत फेला परेका छन् । उनी शुक्रबार हराएका थिए । हराएको भनिएको स्थानदेखिकरिव ७ सय मिटर उत्तरतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले खोजी गर्ने क्रममा आइतबार १२ बजेतिर शव फेला पारेका थिए । सिंह तौलिहवा(गोरुसिंगे सडकखण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी […]

काठमाडौँ । मोटोपन घटाउन प्रयोग गरिने नयाँ पुस्ताका औषधिहरूले मानिसको मदिरा पिउने बानीमा समेत नाटकीय परिवर्तन ल्याइरहेको पाइएको छ। ‘ओजेम्पिक’, ‘वेगोभी’ र ‘माउन्जारो’ जस्ता औषधि प्रयोग गर्ने प्रयोगकर्ताहरूले तौल घट्नुका साथै मदिराप्रतिको चाहना पनि निकै कम भएको अनुभव सुनाएको खबर बीबीसीमा छापिएको छ । दक्षिण वेल्सकी ४६ वर्षीया लिसा रिसले तौल घटाउन गत अप्रिलदेखि औषधि […]

  काठमाडौँ । लुम्बिनी प्रदेशका ४४ गाउँपालिकामा गरिएको अध्ययनमा २० हजारभन्दा बढी बाँदर रहेको पाइएको छ । प्रस्तुत समाचारमा लुम्बिनी प्रदेशमा बाँदरको संख्या, प्रजाति र मानव–वन्यजन्तु द्वन्द्वसम्बन्धी अध्ययनको मुख्य निष्कर्षहरू प्रस्तुत गरिएको छ: मुख्य तथ्य तथा निष्कर्षहरू बाँदरको संख्या: त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा गरिएको अध्ययन अनुसार प्रदेशका ४४ वटा गाउँपालिकामा २० […]

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेका छन् । गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेकी […]

काठमाडौं । जाजरकोटमा झारफुकको नाममा बालिकामाथि कुटपिट गर्ने बारेकोट गाउँपालिका(६ धुमाका ५९ वर्षीय हिरालाल चलाउने पक्राउ परेका छन्। उनले झारफुकका नाममा १४ वर्षीया बालकामाथि कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त घटना असार ५ गतेको रहेको पनि प्रहरीले जनाएको छ। भिडिओ भाइरल भएपछि प्रहरीले सोही आधारमा साउन २१ गते उनलाई पक्राउ गरी अदालतमा […]

  बर्दिया। निर्माण सम्पन्न भएको दुई वर्षमै उप्किदै गएको भादा पुलको पुलको स्पान माथिको व्यारिङ कोर्स मर्मतसम्भार सुरु भएको छ । नेपालगन्ज गुलरिया, धनगढी जोड्ने भादा पुलको पुल निमार्ण भएको केही वर्षमै स्पान माथिको व्यारिङ कोर्स उप्किदै गएको थियो । तीन सय मिटर लम्बाइको भादा नदी पुल श्री लामा स्वच्छन्द सपना जेभी, ललितपुरले निर्माण गरेको […]

  काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कडा कानुनी कारबाही गर्ने जनाएको छ । डिपोले ग्यास लुकाइछिपाई आफू निकट व्यक्ति, होटेल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा बढी मूल्य लिएको भन्ने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । […]