बर्दिया । औषधि उपचारका क्रममा उत्पन्न विवादलाई लिएर नेपाल भारत सिमावर्ती लौकाही बजारका भारतीय नागरिकको कुटपीटबाट गुलरिया नगरपालिका–११ डाडालालपुरका ४० वर्षिय रमेश यादवको आइतबार मृत्यु भएको स्थानीयले बताएका छन् । यता बर्दिया प्रहरीले भने घटनाबारे जानकारी आएलगत्तै भारतीय समकक्षी अधिकारीहरुसंग समन्वय गरी घटना बारे जानकारी लिईरहेको जनाएको छ । मृतकका परिवारका अनुसार सीमावर्ती लौकाही बजारका […]
दैलेख । दैलेखको नौमूले गाउँपालिका–४ कालिकामा सीता योगीले खाना पकाउने भाँडा प्रहार गर्दा उनको श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको मृत्यु भएको छ । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाई छ । भड्डुमा ढिँडो पकिरहेका बेला श्रीमान भीमले पहिला हात छाडेपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै […]
रासस/जाजरकोट|भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ। उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको […]
खजुरा/ रासस। बाँकेको राप्ती नदी सिधनियाघाटमा तीन दिने मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आजदेखि तीन दिनसम्मका लागि मेला सुरु भएको हो । कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । भोलि (सोमबार) नदीमा स्नान गर्न बाँकेलगायत विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् । नदी तथा जलाशयमा बिहान स्नान […]
बर्दिया — लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बढैयाताल गाउँपालिका ८ पशुपतिबजारमा १४ ग्राम ९ सय ७० मिलीग्राम लागुऔषध जस्तो देखिने खैरो रंगको धूलो पदार्थसहित दुई फेला जनालाई पक्राउ गरेको छ । क्राउ पर्नेमा गुलरिया नगरपालिका ११ का करिब ४२ वर्षका कलिम अहम्मद मनिहार र सोही ठाउका ३५ वर्षिय अयोध्याय प्रसाद […]
तस्बिरः गजेन्द्र गुरुङ बाँके । नेपालगन्ज उपमहानगरपालिका १८ स्थित बस्ती नजिकै शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको अवस्थामा भेटिएको जरायोलाई उद्दार गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ् टोलीले जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ । नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो […]
बर्दिया । नागरिक उनमुक्ति पार्टीले केन्द्रीय अधिबेशनलाई लक्षित गरी धमाधम कृयाशिल सदस्य वितरण गर्नुका साथै केन्द्रीय प्रतिनिधिहरु छनौट गरिरहेको छ । उक्त पार्टीको केन्द्रीय अधिबेशन टिकापुरमा पुस २६, २७ र २८ गते हुने भएको छ । पार्टीको बिधान अनुसार केन्द्रीय प्रतिनिधिमा हरेक वडाबाट दुई जना महिलासहित ६ जना रहने छन् । महाधिबेशन प्रचार प्रसार विभाग […]
रासस/जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन् । राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन् । श्री नंं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति […]
रासस, झापा, मंसिर १०/ वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन्। १८ वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो। उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो। शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार […]
रासस/ बाँके, मंसिर १०/ नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ। उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा शनिबार सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ। नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक […]












