नेपालगन्ज । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा जितका लागि एक सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन जोड्दै लक्ष्य पूरा गरेको हो । […]
बारा /ईकान्तिपुर— कर्फ्यु अवज्ञा गर्दै बाराको सिमरामा प्रदर्शन चर्किएपछि प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको छ । सिमरामा सशस्त्र र नेपाल प्रहरी व्यापक रूपमा परिचालन गरिएकाे छ । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी वेदप्रकाश जाेशीले आफूसहित आधा दर्जन प्रहरी घाइते भएको बताए । प्रदर्शनकारीतर्फ भने प्रहरीकाे लाठी चार्जबाट २ जना […]
नेपालगन्ज । बाँकेका पाँच वटा स्थानीय तहबिच सीमा विवाद रहेको पाइएको छ । जिल्ला समन्वय समिति बाँकेको समन्वयमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार बैठकमा सो विवाद सार्वजनिक भएको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले डुडुवा गाउँपालिकाको वडा नम्बर ५ र राप्ती सोनारी […]
नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुई जनाले उनीहरुलाई घरभित्रै […]
कोहलपुर । जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबारेमा गोली लागेर घाइते भएका ३४ वर्षीय यमबहादुर सिंहलाई उपचारका लागि कोहलपुर ल्याईएको छ । प्रहरीका अनुसार स्थानीयले तत्काल उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि पठाएका थिए। हाल घाइतेको नेपालगंजस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। मेलामा स्थानीय टेकेन्द्र नेपालीले गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको […]
२०८२ मङ्सिर ०४ गते (बिहीबार) दिउँसोः देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]
काठमाडौँ — सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन-जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् । गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म […]
नेपालगन्ज । किसानलाई गहुँ छर्ने चटारो भइरहेका बेला बाँके र बर्दियामा मलको चरम अभाव सृजना भएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी गरेर ल्याएको मल प्रयोग गरेका छन् । तस्करीको मल पनि पाउँन मुस्किल हुँदा कतिपय किसानले गहुँ छर्न सकेका छैनन् । भारतबात तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा किसान दोहोरो […]
काठमाडौँ – यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौँको नेतृत्व करण केसीले गर्दै हुनुहुन्छ । उहाँ नेतृत्वको टोलीमा भीम सार्की, […]
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज […]












