२०८० असोज ०६ गते (शनिबार) दिउँसो : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी […]
बर्दिया — गत भदौ २२ मा मधुवन नगरपालिका(३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय काली वंशी मगरलाई आक्रमण गर्ने बाघ फेला परेको छैन । उक्त बाघलाई पहिचान गर्न खाता जैविक मार्गमा पाँच वटा ट्रयापिङ क्यामरा राखिएको थियो । बाघ क्यामरामा नदेखिएको अन्यत्र गएको जानकारी वनका कर्मचारीले दिएका छन् । खाता रेन्ज पोष्टका अनुसार […]
२०८० भदौ २८ गते (बिहीबार) दिउँसो: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। […]
२०८० भदौ २५ गते (सोमबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती: देशभर आंशिक देखि […]
बर्दिया — बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा काली वंशीको मृत्यु भएको छ । शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो । प्रहरीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको थियो […]
भाद्र २१, २०८०रासस/काठमाडौँ — आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले […]




