काठमाडौं, ८ चैत । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया […]
काठमाडौँ । कास्कीको थुमाको डाँडा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार बिहान ४ बजे ११ मिनेट जादा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
औद्योगिक देशहरूले सिर्जना गरेको समस्याका कारण हामीजस्ता हिमाली गरिब मुलुकका जनताहरू समस्यामा छौं। औद्योगिक राष्ट्रहरूले यसको लागि केही पैसा दिए पनि ती पैसा राजधानी र त्यसको वरिपरि रहेका दिमागहरूको व्यवस्थापनमा नै सकिने गरेको देखिन्छ। – प्रकाश रेग्मी गएको हप्ता (उज्यालो अनलाइन लगायतका डिजिटल सञ्चारमाध्यमहरूले फागुन १७, २०८१ शनिबार) भारतको उत्तराखण्ड राज्यको चमोलीमा भएको हिमताल […]
गुलरिया (बर्दिया)। बर्दियाको मधुवन नगरपालिका–७ का युवा वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई जोगाउनका लागि रातभर गस्ती गर्न थालेका छन् । एक हप्ताको फरकमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि उनीहरू रातभर गस्ती गर्न थालेका हुन् । भारतीय सीमावर्ती क्षेत्रमा रहेको वडा नं. ७ का विभिन्न गाउँका करिब ३० जना युवा र सुरक्षाकर्मीको टोली रातभर गस्ती गरिरहेको छ । गाउँमा भएका […]
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको मौसम […]
नेपालगन्ज। मौसम परिवर्तनसंगै बाँके लगायतका जिल्लामा तापक्रम बढ्ढो छ । आज नेपालगन्जको तापक्रम ३१ डिग्री सेल्सीएससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यस्तै विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका […]
नेपालगन्ज । कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरू तथा देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका […]
काठमाडौं, १६ फागुन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ । जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको […]
काठमाडौं । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।
काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु लागेको छ । दिउँसो कोशी प्रदेश लगायत […]










