बर्दिया । बर्दियाको भादा नदिको बगरमा उत्पाद्न गरिएको खरबुजा धमाधम बिक्री भैरहेको छ । गुलरियाको बाँधुपुर, बालापुर, जब्दिघाटको बगरमा किसानले खेति गरेका छ्न । बगहिका किसान घायल चौधरीले आफ्नो उत्पादन बेच्न भ्याइनभ्याइ भएको बताए । सुरुमा प्रतिकेजी ५० रुपियाँमा खरबुजा बेचेका किसानले उत्पादन बढेपछि अहिले मूल्य घटाउँदै प्रतिकेजी २० रुपियाँमा बिक्री गरिरहेका छन् । खेर […]
नेपालगन्ज, जेठ ४ गते । बाँकेमा यस वर्ष आँपको उत्पादन क्षेत्रफल केही घटेको भए पनि आँप उत्पादनमा भने वृद्धि हुने भएको छ । यस वर्ष विगतका वर्षहरुभन्दा आँपको रुखमा धेरै बढी फूल फुलेको देखिएकाले क्षेत्रफल घटेपनि विगतभन्दा बढी उत्पादन हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि विज्ञ जीवनकुमार केसीका […]
३ जेठ, कैलाली। तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन् । किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम […]
गलकोट (बागलुङ), वैशाख २७ गते । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिँदै आएको स्थानीय जातको कालो सुँगुर अहिले कमै पाइन्छ । घरैपिच्छे पालिने कालो सुँगुर अहिले फ््याट्टफुट्ट मात्रै देखिन थालेको छ । पुर्खादेखि पालिँदै आएको कालो तङ्ग्रामे सुँगुरको बीउ जोगाउनै मुश्किल परेपछि यहाँका एक युवाले विदेशबाट फर्केर […]
खजुरा, वैशाख २६ गते । बाँकेमा कृषि अनुदानका लागि जिल्लाका करिब नौ सय बढी किसानले आवेदन (प्रस्तावना) दर्ता गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्ज कार्यालयमा नौ सय बढी आवेदन दर्ता भएको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका सूचना अधिकारी कृषि अर्थ विज्ञ जीवनकुमार केसीले कार्यालयले आह्वान गरेको सूचनाका आधारमा कृषि […]
२४ वैशाख, राँझा (बाँके) । बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिकरुपमा बेमौसमी मकैखेती हुँदै आएको डुडुवा गाउँपालिका–६ हिरमिनियाको महन्तपूर्वालगायतका क्षेत्रमा रोग तथा कीराको सङ्क्रमणले मकैमा क्षति पुगेको छ । डुडुवा–६ हिरमिनियाका किसान जियालाल यादवले मकै फल्ने बेलामा कीराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने […]
नेपालगन्ज, वैशाख २३ गते। लामो समयदेखि पानी नपर्दा भएको खडेरीले खेतमा लगाइएको अन्नबाली सुक्न थालेपछि बाँकेका किसान चिन्तित भएका छन्। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार लामो खडेरीका कारण खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ।पानीका मुहान पनि सुक्न थालेका छन् । कृषि ज्ञान […]
खजुरा, वैशाख २२ गते । बाँकेलगायत विभिन्न जिल्लामा उत्पादन गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गत वर्षभन्दा यस वर्ष विषादीको मात्रा कम पाइएको छ । कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगन्जका नायब प्राविधिक सहायक गौरव चौधरीले प्रयोगशालामा परीक्षण गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गतवर्षभन्दा यस वर्ष विषादीको मात्रा कमी पाइएको […]
नेपालगन्ज, वैशाख २१ गते । भनिन्छ, गरे के हुँदैन । मन लगाएर गर्ने हो भने नेपालमै सुन फलाउन सम्भव छ, विदेश जानै पर्दैन । नेपालीहरू पैसा कमाउन कतार, साउदी र भारततर्फ ओइरिरहेका बेला एक भारतीय नागरिकले बाँकेको राप्ती नदीको बगरमा एक हजार क्विन्टल तरबुजा फलाएर बिक्रीका लागि तयार पारेका छन् । राप्ती नदीको सिधनिघाटस्थित […]
प्युठान, वैशाख १८ गते । माण्डवी गाउँपालिका–५ स्थित पारथुंगा फाँटमा यस वर्ष किसानले पहिलो पटक चैते धान लगाएका छन् । एक बाली मात्र धानखेती गर्दै आएका किसानले यसवर्ष चैते धान लगाएका हुन् । करीव पाँच सय रोपनी क्षेत्रफल रहेको फाँटमा किसानहरुले चैते धानको रोपाई गरिसकेका छन् । “हामीलाई चैते धान खेतीबारे थाहा थिएन,” स्थानीय […]












