नेपालगञ्ज, वैशाख १३ गते । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् । पहिलोपटक चैते धानको खेती गर्नुभएकी बैजनाथ गाउँपालिका–६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लागने गरेको अनुभव सुनाउँदै […]

  ११ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुलाई २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभाग, सिक्टा सिंचाइ आयोजना, नेपाल […]

झापा, वैशाख ७ गते । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको […]

कावासोती। नवलपुरमा चैते धान उत्पादन गर्ने क्षेत्रफल विस्तार हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता चैते धान उत्पादन गर्ने किसान बढेसँगै क्षेत्र पनि बढ्दै गएको हो । जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा यस वर्षको चैते धान रोपाइँ सकिएको छ । गत आर्थिक वर्ष २०७९-८० मा जिल्लामा एक […]

२७ चैत्र नेपालगंज पशु कल्याण मापदण्ड कार्यान्वय सम्बन्धी बाके बर्दियाका मिडिया लाई ब्रिफिङ गरिएको छ । कृषि तथा भुमि ब्यबस्थापन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रमा डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्याान्वय सम्बन्धी बाके बर्दियाका मिडिया लाई ब्रिफिङ गरिएको हो । ब्रिफिङ कार्यक्रममा स्नेहाज केयर नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठ , नेपाल फार्मर्स एडभाइजरी काउन्सील […]

राँझा (बाँके)/ रासस । बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन् । उहाँले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोच्नुभएन । […]

नेपालगन्ज। बाँकेमा निर्माणाधीन बहुप्रतीक्षित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभावले गर्दा निर्माण कार्य प्रभावित भएको छ । प्रयाप्त बजेट नहुँदा आयोजना निर्माणमा बर्सेनि ढिलाइ हुँदै गएको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि ७५ करोड रुपियाँ मात्र विनियोजन गरिएकाले वार्षिक प्राप्त हुने यति धेरै कम बजेटबाट निर्धारित समयमा कुनै पनि हालतमा […]

खजुरा (बाँके) । बाँकेका स्थानीय तहले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । उनीहरूले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको […]

  तुलसीपुर (दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका-१२ का किसानलाई प्राविधिक ज्ञान दिन थालिएको छ । प्राविधिक ज्ञानबिना किसानले उत्पादन वृद्धि गर्न तथा विभिन्न समस्या आउँदा समाधान गर्न नसक्ने भन्दै वडाले उक्त ज्ञान प्रदान गर्न थालेको हो । शुक्रबारदेखि किसानलाई प्राविधिक तालिम दिन थालिएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । “समृद्धिको आधार नै कृषि हो, हामीले कृषकलाई प्रोत्साहन […]

बर्दिया । बारबर्दिया नगरपालिकाले भादा नदीमा किसानले लगाएको बगर खेतीमा डोजर लगाएको छ । तरकारी खेतीमा डोजर लगाएपछि किसानको श्रम र पसिना खेर गएको छ । स्थानीय किसानहरुका अनुसार नगरपालिकाको डोजरले करिव ५ कठ्ठा जग्गामा लगाएको बगर खेतीमा क्षति पुगेको छ । नगरपालिकाले बालुवा निकाल्ने नाममा आधा दर्जन किसानहरुको खेति नष्ट गरेको पीडित किसानले बताएका […]