देउखुरी, असार ९ गते । लामो समयको खडेरीले जनजीवन प्रभावित भएको छ । दिउँसोको चर्को घाम र तातो हावाका कारण पानीको स्रोत सुकेपछि पिउने पानीदेखि धान लगाउन तयार पारिएको बिउ हुर्काउन समेत समस्या भएको छ । दाङको राप्ती नदीको पानी लाग्ने राप्ती गाउँपालिकाबाहेकका स्थानमा रोपाइँ सुरु नै भएको छैन । अन्यत्र धानको बिउ राखे पनि सिँचाइ गर्न नसक्दा […]

म्याग्दी (बेनी), असार ५ गते । बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रा पालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाउनुभएको छ । १३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई छाडेर उहाँले स्थानीय जातका बाख्रा पालन सुरु गर्नुभएको थियो । जीविकोपार्जन र स्वरोजगार बन्ने उद्देश्यले सानो लगानीमा सुरु गरेको बाख्रा पालनलाई व्यावसायिक बनाउनुभएका उहाँले अहिले […]

नेपालगन्ज, जेठ २४ गते । परम्परागत खेती गरेर जीविकोपार्जन गर्न समस्या भएपछि व्यवसायिक तरकारी खेती सुरु गरेका बाँके बैजनाथ गाउँपालिकाका किसानले तरकारी खेतीबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गरिरहेका छन् । थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि सो गाउँपालिकाका किसानहरु तरकारी खेतीतर्फ आकर्षित हुँदै खेती गर्ने बढ्दै गएका छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर […]

खजुरा, जेठ २० गते । राप्तीसोनारी गाउँपालिका वडा नं. ७ भेलोनिया बाँकेका किसान मोहनप्रसाद कँडेल अहिले ४३ वर्ष पुग्नुभयो । कँडेलले सोही ठाउँमा कोपिला बहुआयामिक पशुपन्छी तथा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ । उहाँले २३ वर्ष भारतीय सेनामा बिताएर अवकाशपश्चात् यो पेशा सुरु गर्नुभएको हो । साविकको कल्याण गाविस वडा नं. ७ सुर्खेतका बासिन्दा कँडेल […]

घोराही, जेठ २० गते । स्वर्गद्वारी गुठिपीडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै मोहिपीडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन् । सरकारले पटक–पटक आफुहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाब स्वरुप तालाबन्दी गर्नुपरेको गुठिपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभयो । […]

उर्लाबारी, जेठ १८ गते । मोरङको पथरीशनिश्चरे –९ रिगुवाकी इन्दिरा गौतमले पाल्नु भएको बाच्छी नब्याएको कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ । गाईले २०८० साल भदौ १० गतेदेखि दैनिक दुध दिन थालको उहाँको भनाइ छ । गौतमले पाँच हजार रुपियाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याउनुभएको थियो । किनेर ल्याएको […]

गुलरिया (बर्दिया), जेठ ११ गते । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले पश्चिमी मूल नहर प्रणालीअन्तर्गत गुलरिया खण्डलगायत आसपासका सोनापुर, नारायणटोल, सुहेलवा शाखा नहर निर्माण तथा विस्तारका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा रकम वितरणको सुरुआत गरेको छ । आवश्यक जग्गा अधिग्रहणका लागि गत वर्ष सूचना जारी गरेको आयोजनाले मुआब्जा वितरणका लागि किसानका आवेदन सङ्कलन गर्दैछ […]

  रासस /भोजपुर, जेठ ११/  टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो। बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ। उनको चिया बगान ८० रोपनी क्षेत्रफलमा फैलिएको छ। बगान हेर्न र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पनि आउँछन्। ‘यहाँ घुम्न आउने […]

  पाँचथर/ईकान्तिपुर — पौडी खेल्ने क्रममा इलामका दुई बालकको मृत्यु भएको छ । माई नगरपालिका–माइखोलाको बाँदरगाउँ दोभानमा डुबेर माई-८ का विक्रम लिम्बूका छोरा वर्ष ११ वर्षीय मिङसुहाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पानीबाट उद्धार गरी तत्काल स्थानीय मेडिकल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिएन्डसी अस्पताल लैजाने क्रममा मिङसुहाङको […]

नेपालगन्ज, जेठ ९ गते । सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् । हावाहुरीले दुईसय बढी कुखुरा मर्नुका साथै ग्यारेज, खोर तथा दाना मिल, बिद्युत तथा सिसिक्यामेरा र होर्डिङ बोर्डमा ठुलो क्षति पुगेको कुखुरा विकास फार्मका प्रबन्धक डा. सुमन खनालले बताउनुभयो । उहाँले […]