झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले […]

माेरङ । मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ पक्राउ परेका छन् । करिव ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात उनका ज्वाईँ रविन राई फरार रहेका थिए । ज्वाईँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको […]

  विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् । शुक्रबार प्रदेश सभाको बैठकमा सभामुख अम्बरबहादुर बिष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन अन्त्य भएको […]

तेह्रथुम । ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुङगा चिसङखुढी नगरपालिका-६ पोखरे घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २८ वर्षीय सुबास आले मगरलाई प्रहरीले पक्राउ गरेको छ । सुभासले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका […]

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सीअस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो। विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला […]

काठमाडौं, भदौ १२/  अमेरिकामा एकजना नेपाली युवतीको हत्या भएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो। न्यूयोर्कबाट प्रकाशित हुने नेपाली अखबार नेप्योर्कका अनुसार मुना भोजपुरकी हुन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। होस्टन प्रहरीले उनको टाउकोमा धेरैपटक गोली […]

  काठमाडौं । रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  पर्सा, ५ भदौ/ वीरगंज महानगरपालिका-१४ स्थित सडकमा परवानीपुरबाट वीरगंजतर्फ जाँदै  गरेको बाग्मती प्र.०३-००१ ख ३२३८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

  काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा पैदलयात्री र चालकको ज्यान गएको हो। पैदलयात्री मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ का २९ वर्षीय मन्दिप […]