उदयपुर, १६ जेठ । चौदण्डीगढी नगरपालिका(१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन् । रत्न मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको […]

रामेछाप, १० जेठ- आफ्नै बुहारी २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा मन्थली नगरपालिका-१२ सिकराल बस्ने ६१ वर्षीय शम्भु बुढाथोकीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शम्भुले खुकुरी प्रहार गर्दा पबित्राको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ […]

  झापा, ५ जेठ । जबरजस्ती करणी र जबरजस्ती चोरीसहित दोहोरो मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।   मेचीनगर नगरपालिका–११ बस्ने ३२ वर्षीय प्रदिप राईलाई प्रहरीले हालै पक्राउ गरेको हो।   पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर […]

  खोटाङ, २८ बैशाख । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जसअनुसार हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो । विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको […]

सुनसरी, २६ वैशाख बराहक्षेत्र नगरपालिका-१० मंगलबारे बस्ने उमेश राईको छोरा १८ महिनाको उपदेश राईको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । छिमेकीको घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बोर्डबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]

  काठमाडौं, १० वैशाख-उदयपुर, कटारी नगरपालिका-१४ भदौरे बेशी टोल बस्ने सुर्य बहादुर मगरको घर र २ वटा गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ४१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२३ ताजपुर टोल बस्ने ५२ वर्षीय खलिल मियाको गोठघरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब १ […]

सुनसरी, १० वैशाख- बर्जु गाउँपालिका-६ चिमडी बस्ने २८ वर्षीया रेखा मेहताको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घर सरसफाई गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको ज्यान ताप्लेजुङ -पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना आस्थाका थुप्रा बोकेका थिए। कसैको मनमा आफ्नो मुराद पूरा गर्ने आशा थियो, कसैले घर फर्केपछि ल्याउने ‘प्रसाद’ को कल्पना गर्दै […]

  झापा, ४ बैशाख । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन। हल्दिबारी गाउँपालिका–१ बस्ने ६१ वर्षीय नरबहादुर विकलाई  बेलुकी प्रहरीले पक्राउ गरेको छ ।   ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ […]

रासस/इनरुवा — सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।   पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा […]