रौतहट —बुढ्यौली उमेर आराम गर्ने उमेर हो, तर रौतहटको यमुनामाई–४ सरुअठा गाउँका ८३ वर्षीय श्रीनारायण सिंहले पछिल्ला करिब डेढ दशक ‘आराम’ भन्नसमेत भ्याएनन् । न्यायका लागि अड्डा अदालत धाउँदैमा उनको बुढ्यौली उमेरका झन्डै साढे १६ वर्ष बिते । सरुअठा गाउँको पूर्वतिर बाक्लो बस्तीको बीचमा रहेको सिंहको घरमा शुक्रबार पुग्दा उनी २२ वर्षमा मारिएका छोरा त्रिलोकप्रताप सिंहको […]
बझाङ, वैशाख १५ गते । बझाङ प्रदेशसभा निर्वाचन [१] र ईलाममा मतदान सुरु भएको छ । मतदाताहरु उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि मतदान सुरु भएको हो । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ ।
खोटाङ, वैशाख १३ गते । डढेलो गाउँ पस्दा खोटाङमा एकै दिन १५ घर खरानी भएका छन् । बाराहापोखरी गाउँपालिका–१ वराहपोखरीमा ११ परिवारको १३ वटा घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा २ वटा घर खरानी भएका छन् । बुधवार दिउँसो विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा बाराहापोखरीमा बसोबास नभएको तीन वटासहित […]
अनलाइनखबर/ काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ […]
इलाम, वैशाख १२ गते । इलाममा हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय इलामले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । निर्वाचनलाई प्रभावकारी ढङ्गले सम्पन्न गराउने उद्देश्यले भरे राति १२ बजेदेखि निर्वाचनको दिन वैशाख १५ गते राति १२ बजेसम्म सिमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । नाका बन्द भएपछि नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल–भारत […]
रासस/ पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताएका हुन् । “सात जनाको फुसको घरसहित […]
झापा, वैशाख ७ गते । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको […]
दमक । झापामा पहिलो पटक हात्तीलाई गोली हानेर मारी हात्तीका दारा र पुच्छरको रौँ लगेको बताइएको छ । मेचीनगर नगरपालिका वडा नं। ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ […]
उर्लाबारि । मोरङको लेटाङ–१ को जङ्गलमा कात्तिके भन्न ठाउँ नजिकै शव भेटिएको छ । सुँगुरलाई चारो खोज्न जङ्गल गएका स्थानीयले चेपाहा खोल्सीमा सडेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लेटाङ–१ का वडाध्यक्ष विष्णु मगरसहित इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोली घटनास्थलमा पुगेको छ । कोही मानसिक सन्तुलन गुमेको व्यक्ति हुन सक्ने प्रहरीको […]
बिर्तामोड । झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो । गिरीले बिर्तामोडको शनिश्चरे रोडमा बुद्धशान्ति २ की ४५ वर्षीया सविता सिटौलालाई ६० हजार […]











