झापा — बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
धनकुटा, ११ असार- ५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने ५२ वर्षीय खड्ग बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ […]
मोरङ, १ असार। मोरङ कानेपाेखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका – ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो । प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ […]
रासस- झापाको अर्जुनधारा नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम घर भएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका छन्। उनीहरू पौडी खेल्न गएका थिए र स्थानीयले उद्धार गरेर अस्पताल पुर्याए पनि बचाउन सकेनन्। झापा । अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान […]
सोलुखुम्बु, १६ जेठ । महाकुलुङ गाउँपालिका–२ चङ्खीदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि महाकुलुङ आधारभूत अस्पताल बुङ […]
उदयपुर, १६ जेठ । चौदण्डीगढी नगरपालिका(१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन् । रत्न मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको […]
रामेछाप, १० जेठ- आफ्नै बुहारी २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा मन्थली नगरपालिका-१२ सिकराल बस्ने ६१ वर्षीय शम्भु बुढाथोकीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शम्भुले खुकुरी प्रहार गर्दा पबित्राको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ […]
झापा, ५ जेठ । जबरजस्ती करणी र जबरजस्ती चोरीसहित दोहोरो मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–११ बस्ने ३२ वर्षीय प्रदिप राईलाई प्रहरीले हालै पक्राउ गरेको हो। पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर […]
खोटाङ, २८ बैशाख । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जसअनुसार हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो । विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको […]
सुनसरी, २६ वैशाख बराहक्षेत्र नगरपालिका-१० मंगलबारे बस्ने उमेश राईको छोरा १८ महिनाको उपदेश राईको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । छिमेकीको घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बोर्डबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]










