बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत हुन नसकेको बताइएको छ । मृतक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको छ । सो दुर्घटनामा एक पुरुष घाइते भएका छन् । घाइतेलाई […]

जलेश्वर/रासस- भंगहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्। काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो। सोही दिन […]

काठमाडौँ । काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज विद्युतको लाइन काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ। उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ। भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदाी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्धालाई सम्बोधन गर्न सरकार […]

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगर लाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो पोष्टमा नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै नभत्किने बताउदै भत्काउनै परे मुआब्जा दिनुपर्ने बताएका छन् । उनले भनेका छन्- आफै धामी, आफै झाक्री । १) […]

काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ । केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।

काठमाडौँ । काठमाडौं महानगरले सहकारीसम्बन्धी उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई अनुरोध गरेको छ । पछिल्लो समय बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो बढ्दै गएपछि महानगरले वडामै गुनासो दर्ता गर्न पत्राचार गरेको हो । महानगरका अनुसार काठमाडौँ महानगरपालिका सहकारी नियमावली, २०८० को नियम १६ मा सदस्यको बचत रकम फिर्तासम्बन्धी व्यवस्था गरिएको छ […]

काठमाडौँ । काठमाडौँको चावहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट घर भई हाल काठमाडौंको चावहिल बस्ने २८ वर्षीय सन्तोष फुयाल, मकवानपुर घर भइ हाल स्वयम्भू बस्ने ३० वर्षीय सुर्य बहादुर स्याङ्तानलाई चावहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट हिजो ट्राफिक […]

चितवन । मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बिहीबार बिहान सवा ३ बजे हान्दा बाघको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी बाघसंग लड्दा घाइते भएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। ‘बाघ बुढो, असाध्यै दुब्लो […]

दमौली । तनहुँको घाँसी कुवा नजिक बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन-पोखरा सडक अहिले पनि अवरुद्ध रहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पुर्णरुपमा अवरुद्ध रहेको हो । हिजो खसेको पहिरो पन्छाउने काम भने आज केहीबेर अघिदेखि पन्छाउने शुरु गरिएको प्रहरीले जनाएको छ । ठुलो पहिरो खसेको […]