काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ । मृत्यु हुनेमा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, आठ वर्षीया अनिशा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठ हुनुहुन्छ । उहाँहरु बस्दै आएको कोठामा मृत फेला परेको र ईश्वरीका श्रीमान् भने फरार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं/ वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भएका सरोज यादव नाम बताउने २७ वर्षीय राम […]
मकवानपुर,१६ माघ हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँस्थित सडकमा मधेश प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले ना.२६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका-२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले नापी सर्वेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरूले घुस […]
२६ काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए । उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका […]
रासस/ चितवन – चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ। सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो। उनले भने, […]
काठमाडौँ । रुपन्देही र महोत्तरीसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ मिलन चोकस्थित सडकमा माइक्रोबसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख ३३७४ नम्बरको माइक्रोबसको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले […]
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ५ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको केन्द्रले बताएको छ। नेपाल—चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।
काठमाडौँ । भक्तपुरमा १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका–२ नुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीय सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । रातोपाटीको समाचार अनुसार स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी […]
जनकपुरधाम। भीडभाडको मौकाछोपी जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवमा पाकेट मार्ने तथा दुव्यवहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । दिउँसो १ बजेसम्म पक्राउ परेका उनीहरुलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोक छ ।










