जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नवलपरासी पश्चिम- ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवल नगरपालिका-६ तिलकाना बस्ने ४८ वर्षीय नर बहादुर खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०८३, ९ भाद्र मंगलवार १६:२५

ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न युरोपेली मुलुक पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने झापाकी सुष्मा भण्डारी, सिन्धुलीकी करिना देवकोटा र झापा दमकका साजन खनाल पक्राउ परेका हुन्। उनीहरूले चेक रिपब्लिक, लिथुआनिया र फिनल्यान्डजस्ता देशहरूमा आकर्षक […]

२०८३, ८ भाद्र सोमबार १८:५३

बालिकालाई बलात्कारपछि हत्या घटनाः तातियो मृत्युदण्डको सजायको बहस

बारा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाले मृत्युदण्डको सजाय बारे नयाँ बहस सुरु भएको छ । यद्यपी नेपालको संविधानमा मृत्युदण्डको सजाय निषेध छ । तर अबोध बालिकाको बालत्कार हत्यापछि चौतर्फी मृत्युदण्डको सजाय माग बारे बहस सुरु भएको हो । गरिमा चौधरीको हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न […]

२०८३, ६ भाद्र शनिबार १६:४८