चितवन/रासस- चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मृत भेटिएका छन्। साउन महिनायता ती गैंडा मृत भेटिएका हुन्। एउटा गैंडा करेन्ट लगाएर मारिएको हो भने दुई गैंडा अन्य कारणले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैंडा मरेका थिए। जसमध्ये १८ गैंडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा […]

चितवन-  माडी नगरपालिका-९ बाँदरझुलाको प्लट नम्बर-५ बाट अवैध लागूऔषध गाँजा करिब ९० किलोग्राम शनिबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित मकैबारी भित्र ८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मकवानपुर- हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलस्थित दिदी बहिनी कपास फ्याक्ट्रीमा आइतबार बिहान आगलागी हुँदा कपास काट्ने मेसिन १ थान, ठूलो मोटर १ थान, कपास र कपडाहरू लगायतका सामानहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  काठमाडौं । धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ । मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका- १६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश प्रसाद […]

काठमाडौँ । काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटेलका संचालक दोलखा जिरी नगरपालिका-५ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ४९ वर्षीय अमृत बहादुर कार्की समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ४ सय ६५ रूपैयाँ सहित पक्राउ गरेको […]

  काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहि बेर अघि दुइतर्फी संचालनमा आएको हो । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो । सडक बन्द हुदा काठमाडौँ बाहिरिने सवारी […]

काठमाडौँ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरुसहित लिएर सयौं सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए । त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौँबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी […]

नुवाकोट । छहरे- टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको छ । काठमाडौंबाट नुवाकोट हुदैँ पोखरा जान लागेको माइक्रोबस दुर्घटनामा परेको हो । दुर्घटनामा २ जना गम्भीर घाइते रहेको र चालक-सहचालकसहित अन्य यात्रु सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।  

  काठमाडौं । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार  सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख […]

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो । प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ । अहिले पुरिएको अवस्थामा रहेको बसको केहि भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केहि […]