दमौली (तनहुँ), असार २९ गते । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहनुभएको छ । थापाले तनहुँको व्यास नगरपालिका-१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर […]

  चितवन/ रासस- नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११:३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो। नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी […]

  तनहुँ, असार ९ गते । तनहुँमा जङ्गली च्याउ खाएर बिरामी एक वृद्धको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिकामा वडा नं. ६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा उहाँको शुक्रवार मृत्यु भएको उहाँले जानकारी […]

खजुरा २०८१ असार ७ उपत्यकामा मेलम्चीको पानी तत्काल बन्द नहुने भएको छ।  वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै पानी आपूर्ति बन्द गर्न लागिएको हो।मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गर्ने तयारी भएको जनाएको छ।   मुख्य ‘हेडबक्समा पानी थिग्र्याउने संरचना बिग्रिएकाले आयोजना […]

संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको छ ।कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका छन् । आज नै संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ ।

१ असार, काठमाडौं । जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन […]

३२ जेठ, चितवन । नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन् । बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो । झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गरेका […]

चितवन/ रासस— नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको भरतपुर डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका […]

काठमाडौं महानगरपालिकाले बुधबार विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा आकस्मिक अनुगमन गर्‍यो । अनुगमनका एक सदस्यका अनुसार महानगरका केही कर्मचारीहरुले सिंहदरबारकै क्यान्टिनमा बच्चाहरुलाई काम लगाइरहेको भन्ने गुनासो टोलीसामु राखेका थिए । सोही गुनासोसहित संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुको अनुगमन गरेको महानगरपालिकाको टोलीले ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएकाहरुमा १८ वर्ष […]

    काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् । एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक […]