काठमाडौं । काभ्रेमा मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएर एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। शुक्रबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको […]

  २६ वैशाख, काठमाडौं । कलंकीमा आफन्त कहाँ बसेर अध्ययनरत् विद्यार्थी एक सातादेखि बेपत्ता छिन् । चितवन कालिका नगरपालिका-६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी हुन् । उनी १९ वैशाखदेखि सम्पर्कमा नआएपछि भोलिपल्ट जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर खोतलासका लागि निवेदन दिएको आमा […]

  काठमाडौं । काठमाडौंको शंखपार्कमा आज बिहान करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको छ । पुरुषको पहिचान हुन सकेको छैन । स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  भक्तपुर/  इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ।रामेछाप उमाकुण्ड गाउँपालिका-४ का २८ वर्षीय सन्देश सुनुवार र उनको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए। उनका अनुसार चाँगुनारायण नगरपालिका-४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको हो। ‘बसिरहेको जग्गामा इनार […]

रासस/ चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरुको उपचारका क्रममा […]

  धादिङ। थाक्रे गाउँपालिका-५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। सेतोपाटिका अनुसार गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए। डिएसपी मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ […]

तनहुँ, वैशाख ७ गते। तनहुँ म्याग्दे गाउँपालिका–६ घर भएर हाल शुक्लागण्डकी नगरपालिका–९ घारी स्थितमा छोरी रस्मी बिकको घरमा बस्दै आएका ७६ वर्षीय रापबहादुर बिकलाई छोरा २६ वर्षीय दिपक बिकले हत्या गरेका छन । धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको, उक्त घटनामा संलग्न छोरालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले […]

मकवानपुर । बागमती प्रदेशको विना विभागीय मन्त्रीको व्यवस्थापनको विषयलाई लिएर सरकारले एकीकृत समाजवादीलाई २ प्रस्ताव अघि सारेको छ । सरकारको तर्फबाट एकीकृत समाजवादीलाई २ वटा विकल्प सहितका प्रस्ताव अघि सारेको हो । सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका […]

काठमाडौं। नाबालिकालाई वेश्यावृत्रिमा लगाएको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी सञ्चालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् । नवलपरासी पूर्वस्थित […]

    काठमाडौँ ।  लिफ्ट दिएका व्यक्तिको बसको ठक्करबाट मृत्यु भएपछि स्कुटर चालक प्रहरी जवानविरुद्ध सवारी ज्यानको मुद्दा चलाइएको छ । प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान तथा स्कुटर चालक सन्तोषराज पाध्याय र ठक्कर दिने बसका चालक मुन्नाकुमार शुक्लाविरुद्ध सवारी ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।   सन्तोषले नागार्जुन नगरपालिका–५ का […]