काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिटलाई अग्रताधिकार दिएर २३ वैशाखका लागि पेशी तोकेको छ । नागरिक उन्मुक्ति पार्टी (नउपा)का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा प्रारम्भlक सुनवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश नदिएको हो । साथै एकीकृत समाजवादीका दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित […]

काठमाडौं । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा (एमाले)ले आज हीरक महोत्सव आयोजना गर्दैछ। गोदावरीको सनराइज हलमा हुने महोत्सवमा एमालेले प्रधानमन्त्रीदेखि विभन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ। हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी […]

काठमाडौँ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिटको सुनुवाइ शुक्रबार सरेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेपछि शुक्रवार अर्को पेशि सरेको हो । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट रेशम सर्वसम्मत […]

धनगढी, वैशाख ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनुभएको छ । उहाँले सत्ता समीकरणबारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो । आइतबार दिउँसो धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रदेशका सरकार बनाउने चरण पनि अन्तिम चरणमा पुगेकाले अब प्रदेश पनि बलियो भएर अघि बढ्ने बताउनुभयो । […]

  काठमाडौं । लुम्बिनी प्रदेशका कृषि मन्त्री तथा मन्त्रिपरिषदका सदस्य र जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।  

रेशमलाल चौधरी । शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरु सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ । यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन । मेरो चरीत्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला । प्यारी रन्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन,निर्वाचन आयोगलाई […]

  काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भन्दै बोलाइएको विशेष अधिवेशन औपचारिकतामा सीमित हुने भएको छ । संसदबाट आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने छैनन् । प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो ३ बजेदेखि सुरु हुनेछ । मुख्यमन्त्री अधिकारीले तत्काल संसदबाट विश्वास पाइहाल्ने स्थिति नरहेकाले बैठकमा विधेयकमाथि […]

  धनगढी / सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई नेकपा (एमाले) ले पनि समर्थन गरेको छ। एमाले संसदीय दलका नेता राजेन्द्रसि‌ंह रावलले दीर्घ सोडारीलाई समर्थन गरेको पत्र पठाएको सेतोपाटीलाई बताए। सुरूमा सोडारीबाहेक एकीकृत समाजवादीका सांसदलाई मुख्यमन्त्री बनाए सघाउने एमालेको अडान थियो। तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक गठबन्धनकै कसरत गरेपछि एमाले पनि समर्थन गर्न […]

  बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् । यसैगरी, बिहीबारै राष्ट्रपतिले तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् । राष्ट्रपतिले रायालाई नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरिएको हो ।

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ । संसद्को विषयगत समितिको सभापति टुङ्गिएलगत्तै मुख्यमन्त्री महराले सरकार विस्तारको तयारी गर्नुभएको हो । यसैबिच लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको मुख्यमन्त्री कार्यालयका प्रतिनिधिहरुको भनाइ छ । […]