काठमाडौं । राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् । कांग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरिदिए । पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ […]

  काठमाडौँ, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखकाे सचिवालयले जनाएकाे छ । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ […]

काठमाडौँ — संसद्को गतिरोध अन्त्य गर्नेबारे सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस सहमतिनजिक पुगेका छन् । बिहीबार संसद् भवनमा चलिरहेका अनौपचारिक छलफलहरूमा दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बाेधनगरेपछि सदनको बैठक सुचारू गर्ने र सहकारीका समग्र समस्या समाधान गर्नका लागि संसदीय समिति गठन गर्नेमा करिब सहमतिमा पुगेका छन् । दलहरू गृहमन्त्रीलाई बोल्न दिने र सहकारीका […]

धनगढी, जेठ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बिहान १०ः१५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको थियो […]

रासस/दमौली (तनहुँ) — तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो ।   उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको […]

धनगढी, जेठ २ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते बिहीबार विश्वासको मत लिनुहुने भएको छ । संविधानमा भएको व्यवस्थाबमोजिम उहाँले प्रदेश सभाबाट बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि जेठ ३ गते बिहीबार बिहान १०:१५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले […]

काठमाडौँ, जेठ १ गते । आज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । दिउँसो ३ बजे सुरु हुने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा […]

  ३१ वैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ । एक पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने […]

सेतोपाटी/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्। प्रदेश सभाको सोमबार बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्। कार्की नेकपा (एमाले) संसदीय दल नेता हुन्। उनलाई एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालकी सांसदले विश्वास मत दिने भएका छन्। यहाँ […]

  बुटवल । जनता समाजबादी पार्टी फुटको असर बाँकेमा पनि परेको छ । लुम्बिनी प्रदेशसभामा तीन प्रदेश सदस्य मध्ये आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादव दुई सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी ९जसपा०मा खुलेका छन् । दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् […]