राजनीतिक तथा संवैधानिक सुधार संविधान परिमार्जन: संविधानको संरचनागत त्रुटि, प्रदेश संरचना, निर्वाचन प्रणाली, र सरकार गठनमा रहेका कमजोरीहरूलाई संशोधन, परिमार्जन वा पुनर्लेखन गर्ने। शासकीय स्वरूप र नेतृत्व: राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूपमा परिवर्तन गर्ने र मोर्चाको नेतृत्व सहमतिका आधारमा वा पालैपालो गर्ने। समावेशी प्रतिनिधित्व: प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला […]
प्रस्तुत विधेयकहरू: कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३। परराष्ट्र मन्त्रालय: राहदानी (पहिलो संशोधन) विधेयक, २०८३। महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय: खानी तथा खनिज पदार्थ विधेयक, २०८३। समिति […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले गरिरहेको विरोधप्रति आपत्ति जनाउँदै ‘विगतमा भारतको नुन खाएको’ त होइन भनी प्रश्न गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद चौधरीले विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले […]
काठमाडौंँ- प्रतिनिधिसभा नियमावलीको नियम २४२ मा पोशाक र प्रतीक चिह्न (लोगो) सम्बन्धी व्यवस्था छ । उपनियम १ मा भनिएको छ, ‘सदस्यको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुनेछ ।’ उपनियम (१) बमोजिम पोशाक तोक्दा औपचारिक, मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाकसमेतमा ध्यान दिनुपर्ने व्यवस्था उपनियम २ मा छ । […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ। बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो ।
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरेका छन् । बैठक साउन २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए। त्यो प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल समेत भएको थियो।
काठमाडौं । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद नथपी रिहा गर्न आदेश दिएको छ । आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो । जहाँ ७ […]
बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय बाँडफाँट र सरकारमा सहभागी दलहरूको जिम्मेवारी टुंग्याउने विषयमा छलफल तीव्र बनेको छ। पटकपटक भएका छलफलमा सरकारले पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रालय बाँडफाँट टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ। लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ। सोहीअनुसार मुख्यमन्त्री आचार्यले नयाँ सत्ता […]
दर्ता मिति: साउन १४ गते (सचिवालयमा बिहीबार/शुक्रबार दर्ता प्रक्रिया पूरा भएको) विधेयकको सङ्ख्या: कुल ९ वटा (प्रतिनिधिसभामा ७ वटा र राष्ट्रियसभामा २ वटा) सरकारको लक्ष्य: यसै आर्थिक वर्षभित्र संसद्मा १६६ वटा विधेयक पुर्याउने दर्ता भएका विधेयकहरूको विवरण १. प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरू (७ वटा) राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो […]
मकवानपुर । बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् । कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उनले बताए । मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई […]











