सुर्खेत, वैशाख १९ गते । रोजेको मन्त्रालय नपाएपछि नेकपा (एमाले) का नेता विनोदकुमार शाहले मन्त्रीको शपथ लिन अस्वीकार गर्नुभएको छ । एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर शाहले मंगलबार शपथ ग्रहण कार्यक्रम नै बहिष्कार गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका शाहले […]
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । ६ वैशाखमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका […]
१८ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएर जमानत जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो । उपनिर्वाचनमा गणना भएको ६९ […]
– वैशाख १७ । बझाङ प्रदेशसभा १(१) मा १५ वैशाखमा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै जित निकालेका हुन् । एमालेका भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत […]
इलाम, वैशाख १७ गते । प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गर्नुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई दुई हजार ६१८ मतले पछि पार्नुभएको हो । कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गर्नुभएको छ । यो इलाम क्षेत्र २ […]
इलाम —इलाम-२ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय/सर्वपक्षीय बैठक सुरु भएको छ। निर्वाचनमा सहभागी १२ दल र सात स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र दलका नेताहरू बैठकमा सहभागी छन् । सुरु गरिने र सोमबार साँझसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए। शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको […]
बझाङ, वैशाख १५ गते । बझाङ प्रदेशसभा निर्वाचन [१] र ईलाममा मतदान सुरु भएको छ । मतदाताहरु उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि मतदान सुरु भएको हो । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ ।












