१४ वैशाख, काठमाडौं । पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको छ । विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका छन््। सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास […]
अनलाइनखबर/ काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ […]
काठमाडौँ । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । कतारका अमिर थानी र […]
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिटलाई अग्रताधिकार दिएर २३ वैशाखका लागि पेशी तोकेको छ । नागरिक उन्मुक्ति पार्टी (नउपा)का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा प्रारम्भlक सुनवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश नदिएको हो । साथै एकीकृत समाजवादीका दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित […]
काठमाडौं । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा (एमाले)ले आज हीरक महोत्सव आयोजना गर्दैछ। गोदावरीको सनराइज हलमा हुने महोत्सवमा एमालेले प्रधानमन्त्रीदेखि विभन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ। हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी […]
काठमाडौँ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिटको सुनुवाइ शुक्रबार सरेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेपछि शुक्रवार अर्को पेशि सरेको हो । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट रेशम सर्वसम्मत […]
धनगढी, वैशाख ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनुभएको छ । उहाँले सत्ता समीकरणबारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो । आइतबार दिउँसो धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रदेशका सरकार बनाउने चरण पनि अन्तिम चरणमा पुगेकाले अब प्रदेश पनि बलियो भएर अघि बढ्ने बताउनुभयो । […]
काठमाडौं । लुम्बिनी प्रदेशका कृषि मन्त्री तथा मन्त्रिपरिषदका सदस्य र जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
रेशमलाल चौधरी । शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरु सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ । यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन । मेरो चरीत्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला । प्यारी रन्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन,निर्वाचन आयोगलाई […]












