धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकाछन् । साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् । मन्त्री साउँदले भने आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा […]
काठमाडौं । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने नेपाली कांग्रेसले जनाएको छ । आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय […]
गोरखापत्र/ घोराही । लुम्बिनी प्रदेशमा ९७ प्रतिशत मतदान भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत दुई सिटका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहीबार दिउँसो १ बजेसम्म ९७ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका–१५ कर्मचारी मिलन केन्द्रमा भएको मतदान केन्द्रमा ८५ जना प्रदेशसभा सदस्य र दुई सय १० जना स्थानीय तहका […]
काठमाडौँ । रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन सम्पन्न भएर आज नै मतपरिणाम आउन सक्ने निर्वाचन आयोगले जनाएको छ । फागुन २१ गतेबाट रिक्त हुने दुई जना राष्ट्रिय सभा सदस्य पदका लागि जारी निर्वाचनमा गठबन्धन दलको तर्फबाट दुई र नेकपा एमालेबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी […]
बुटवल । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख गरेर दुई सय १८ […]
काठमाडौँ/रासस। यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले […]
काठमाडौं । निर्वाचन आयोगले आजदेखि राष्ट्रियसभा सदस्य निर्वाचन प्रचारप्रसार गर्न निषेध गरेको छ । सोमबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत […]
काठमाडौँ रासस— नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने […]
विराटनगर/ अनलाईन खबर। आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् […]









