सेतोपाटी/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्। प्रदेश सभाको सोमबार बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्। कार्की नेकपा (एमाले) संसदीय दल नेता हुन्। उनलाई एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालकी सांसदले विश्वास मत दिने भएका छन्। यहाँ […]

  बुटवल । जनता समाजबादी पार्टी फुटको असर बाँकेमा पनि परेको छ । लुम्बिनी प्रदेशसभामा तीन प्रदेश सदस्य मध्ये आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादव दुई सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी ९जसपा०मा खुलेका छन् । दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् […]

  जनकपुरधाम । मधेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका छन् । साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच नेता तथा कार्यकर्ताहरू आआफ्नो पक्षमा तान्ने होड चलिरहेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्वमा जसपा नेपाल गठन भएसँगै निर्वाचन आयोगले सनाखतका लागि समय तोकिसकेको छ । फलतः दुवै पक्षले पालिकादेखि प्रदेशसम्म पुगेर जनप्रतिनिधि […]

  नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख तथा जसपाका बाँकेका अध्यक्ष कमरुद्दिन राईले उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमै रहेको बताएका छ्न । उपप्रमुख राईले एक विज्ञप्ति जारी गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको जनाएका छ्न । संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक […]

  २८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको बताए । कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल […]

  काठमाडौँ, वैशाख २८ गते । सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार […]

विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधार ५ बमोजिम बहुमत प्राप्त गर्ने आधारसहित दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनाको अवधिभित्रै कार्कीले दाबी पेस गरेपछि […]

२७ वैशाख, विराटनगर । कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । आह्वानका विरुद्ध रिट दायरका लागि कार्की काठमाडौं पुगिसकेका छन् । एउटा […]

काठमाडौँ/रातोपाटी। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण आफ्नो पार्टी विभाजन भएको बताएका छन् । पार्टी विभाजनपछि आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘पार्टी विभाजन गर्ने कुनै आधार नै छैन, उनीहरुले कुनै कारण नै देखाउन सकेको छैन । कसलाई के पुगेको छैन मलाई भनेको भए त्यो पनि दिन्थे ।’ अध्यक्ष […]