विराटनगर/ अनलाईन खबर। आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् […]
काठमाडौं /गोरखापत्र । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएको छ । आज (शुक्रबार)सम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिनुभयो । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै […]
काठमाडौं/ईकान्तिपुर। पाँच प्रदेशको सम्मेलन सकेको नेपाली कांग्रेसको कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने अनिश्चित छ । सुदूरपश्चिममा कञ्चनपुर र बझाङले जिल्ला सम्मेलन गर्न सकेका छैनन् । सुदूरपश्चिमका कांग्रेस महामन्त्री मेघराज खड्काले प्रदेश सम्मेलनको मिति तय नभएको बताए । ‘जिल्ला सम्मेलन सकेर प्रदेश सम्मेलन गर्न खोजेका हौं । दुई जिल्लाको हुन सकेको छैन’, खड्काले अनलाइनखबरसँग […]
काठमाडौँ । आज बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भए गरेका काम कारवाहीका बारेमा छलफल हुनेछ । त्यस्तै बिहान साढे १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था (प्रत्यायोजित विधायन) […]
काठमाडौं/अनलाईन खबर। आइतबार सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत माग्दा सरकारमै सहभागी जनमत पार्टी भने बैठकमा । सहभागी भएन । बालुवाटारमा बसेको बैठकले सातै प्रदेशमा गठबन्धनका उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि मत मागेको हो । राष्ट्रियसभा निर्वाचनमा जनमत पार्टीले भने सत्ता गठबन्धनसँग सहकार्य गरेको छैन । उनले मधेश र […]
काठमाडौँ/रासस । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । नाउपाले विधान संशोधन गरी दुईजना महासचिव हुने […]
धनगढी। टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा रेशम चौधरीको मात्र उम्मेदवारी परेपछि सर्बसम्मत चयन भएका छन । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए । रञ्जिता […]
धनगढि । जनमत पार्टीका अध्यक्ष सिके राउतले हजारौं हजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ? त्यो कस्तो अधिकार हो?’ भन्ने प्रश्न गरेका छ्न । अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको उनले आरोप लगाएका छन्। बिहीबार नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त प्रश्न गरेका हुन । नेपालभित्र […]
टीकापुर । नागरिक उन्मुक्ति पार्टी(नाउपा)को प्रथम महाधिवेशन कैलालिको टिकापुरमा आजबाट सुरू भएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा कैलालीको टीकापुरमा महाधिवेशन सुरू भएको हो । संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रमुख अतिथि रहेकी छन् । उद्घाटन सत्रमा नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले […]
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । मंगलबार दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र […]












