२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको बताए । कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल […]
काठमाडौँ, वैशाख २८ गते । सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार […]
विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधार ५ बमोजिम बहुमत प्राप्त गर्ने आधारसहित दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनाको अवधिभित्रै कार्कीले दाबी पेस गरेपछि […]
२७ वैशाख, विराटनगर । कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । आह्वानका विरुद्ध रिट दायरका लागि कार्की काठमाडौं पुगिसकेका छन् । एउटा […]
काठमाडौँ/रातोपाटी। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण आफ्नो पार्टी विभाजन भएको बताएका छन् । पार्टी विभाजनपछि आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘पार्टी विभाजन गर्ने कुनै आधार नै छैन, उनीहरुले कुनै कारण नै देखाउन सकेको छैन । कसलाई के पुगेको छैन मलाई भनेको भए त्यो पनि दिन्थे ।’ अध्यक्ष […]
काठमाडौँ, वैशाख २६ गते । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिह्न प्रदान गरे ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएर नवगठित जनता समाजवादी पार्टी पक्षधरका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गरेर प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया अगाडि बढाएको हो । नवगठित जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन् […]
२४ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका अधिकांश सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएका छन् । आइतबार पार्टी विभाजन भएपछि आज, सोमबार जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकले पार्टी विभाजनको भत्र्सना गरेको छ । मधेश भवनस्थित मुख्यमन्त्रीको आवासमा केहीबेर अघि सम्पन्न बैठकले दल विभाजनको षडयन्त्र गर्नेविरुद्ध भत्र्सना गर्नेलगायतका […]
उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। जसपा नेता अशोक राईको नेतृत्वमा जसपा नेपालका ७ सांसदले नयाँ दल जनता समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आइतबार निवेदन दिएका छन्। नयाँ पार्टीमा महासचिवको जिम्मेवारी मोहम्मद इस्तियाक राईलाई दिइएको नेता राजेन्द्र श्रेष्ठले बताए। जसपा विभाजनको कारण र अहिलेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई […]
काठमाडौं । जनता समाजवादी पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।











