रासस/ इलाम, — आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ । ‘आज उम्मेदवारले नाम फिर्ता लिने समय बिहान नौदेखि एक बजेसम्मलाई तोकिएको छ । एकदेखि तीन बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने समय तीनदेखि […]

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । ९ दिनको समय दिंदै संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि मियाँले २३ चैतमा आह्वान गरेका थिए । सरकार गठनका लागि आह्वान भएको तीन दिनसम्म मुख्यमन्त्रीमा अहिलेसम्म कसैले दाबी […]

  काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिनुको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आइतबार निर्वाचन आयोगको नाममा कारण देखाउ आदेश दिएको हो। सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश जारी गर्नुनपर्ने हो, कारण देखाउन भनेको छ। गत पुस २७ मा कैलालीको […]

धनगढी। सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । यसअघिको गठबन्धन सरकारबाट बाहिरिएको नागरिक उन्मुक्ति पार्टी नयाँ सरकार गठनका लागि निर्णायक देखिएको हो । नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि सो पार्टी प्रदेश सरकारबाट हटेको थियो । बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री शाहले राजीनामा दिएपछि संविधानमा […]

  देउखुरि। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार चार सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आज दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि थप तीन जना मन्त्रीले शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नेकपा (एमाले) बाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीनजना […]

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओबादी केन्द्र) प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले माओबादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महरालाई प्रदेश सभाको तत्काल […]

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले २७ वर्षीया खानलाई सिफारिस गरेको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेपछि डिल्ली चौधरी नेतृत्वको सरकार ढल्ने निश्चित भइको छ । बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूलाई […]

    धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । तर, सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ । विश्वासको मत पाउने टुंगो नभएपछि मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन […]

  देउखुरी (दाङ) —लुम्बिनीका प्रदेश सभाको चौंथो अधिवेशन बिहीवार दिउँसो ४ बजे बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ उपधारा (१) र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभाको बैठक आव्हान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले बताए । केन्द्रमा गठबन्धन परिवर्तन भएर माओवादीले फागुन समर्थन […]