दांग । नयाँ सत्ता समीकरण अनुसार लुम्बिनी प्रदेशमा दुवै पक्षको बहुमत नपुग्ने भएकाले साना दलहरू निर्णायक साबित हुने देखिएको छ। संघीय सरकारमा नयाँ समीकरण बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री बर्खास्त गरे। मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकासमन्त्री कृष्णा केसी (नमूना)लाई बुधबार बर्खास्त गरेको केही समयपछि नै माओवादीले पनि […]

  बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका छन् । माओबादीका मन्त्री बर्खास्तपछि लुम्बिनीमा सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् । माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन […]

कैलाली । नेकपा माओवादी केन्द्रको बिहान बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सुदूरपश्चिममा माओवादीका ११ सांसद रहेका छन् ।

  देउखुरी, दाङ — केन्द्रमा भएको सत्ता समीकरण फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार संकटमा परेको छ । अहिले लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार छ । उनलाई प्रदेशसभाका रहेका १० दलमध्ये एमाले र राप्रपाबाहेक सबै दलको समर्थन गरेका थिए । चौधरी ५३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका थिए । लुम्बिनीमा केन्द्रको निर्णय […]

  पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका छन् । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ […]

  धनगढी — कांग्रेससहित सत्ता गठनबन्धन भत्किएर एमालेसँगको नयाँ बन्न लागेको गठबन्धनउपछि नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गर्ने जनाएका छन् । प्रदेश सभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकार गठनका लागि निर्णयक मानिन्छ । नागरिक उन्मुक्ति जुन पार्टीलाई समर्थन जनाउछ उसैको प्रदेश सरकार बन्ने पक्का छ । ५३ सदस्यीय […]

    काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर […]

बर्दिया, बर्दियाको ८ पालिकामा ज्ञापन पत्र बुझाइएको छ । नागरिक उन्मुक्ति पार्टी बर्दियाले आइतबार जिल्लाका ८ वटै पालिकामा ज्ञापनपत्र बुझाएको पार्टीका जिल्ला अध्यक्ष सोमाई थारुले बताए । बिभिन्न १० बुदें माग राख्दै सबै जिल्लाका ८ वटै पालिकामा ज्ञापन पत्र बुझाएको उनले जनाए । गुलारिया नगरपालिकामा पार्टीका नगर कमिटी संयोजक काशीराम चौधरीको नेतृत्वमा मेयर मुक्तिनाथ यादवलाई […]

  काठमाडौँ /ईकान्तिपुर— बहुप्रतिक्षित निजामती विधेयक प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अन्तिम टुंगो लागएर आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार विधेयकको सिल लगाएको कपी संसद् सचिवालयमा दर्ताको तयारी भइरहेको छ । दर्ताका लागि मन्त्रालयको कानुन शाखाले तयारी गरिरहेको स्रोतले बतायो ।   २०७५ साल माघमा पहिलो पटक […]

काठमाडौं । सङ्घीय संसदअन्तर्गत शुक्रबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेलेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्नुहुने, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्नुहुने, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत […]