तानसेन, असार २३ गते । पाल्पामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–६, गोठादी माहिलाचउरकी ६८ वर्षीय रीमासरा राना रहेको प्रहरीले जनाएको छ । शनिवार गोठादीकै सातपोखरी गएर घर फर्किने क्रममा चिर्तुङ् खोलाले बगाएर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । चिर्तुङ् खोलाले […]
नेपालगन्ज, असार २२ गते । दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पसेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो । सो नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँहरू डुब्न थालेको प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउँपालिका –१ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर […]
बाँके/ नेपालगंज उपमहानगरपालिका-२० गायत्री टोल बस्ने ३५ वर्षीय बिकाश थापाको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा टेबुल पंखा मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी, १८ असार/ हनुमाननगर कांकालिनी नगरपालिका-३ पोर्ताहा बस्ने लक्ष्मण रायको छोरा ६ वर्षीय रोषण रायको सोही ठाउँस्थित ढलमा डुबेर सोमबार राति मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको भारदह अस्पताल भारदहमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी सप्तरी, राजगढ गाउँपालिका-४ पिपरा टोलस्थित मुतनी खोलामा डुबेर भारत सुपौल थाना मरौहा महराई टोल बस्ने सुरज […]
नेपालगन्ज, १७ असार २०८१ बाँकेको खजुरा गाउँपालिकाले २ सय जना युवालाई बिभिन्न सिपमुलक तालिम प्रदान गरी प्रमाणपत्र बितरण गरेको छ । सोमबार समाजिक बिकास शाखा प्रमुख कृष्ण कुमारी पोखरेलको अध्यक्षतामा कार्यक्रम गरी गाउँपालिकाले प्लाम्बर, कुक तथा खाजा नस्ता, टायल र मार्बल फिक्चर र मोटर साईकल मर्मत गर्ने तालिम प्रदान गरि प्रमाणपत्र बितरण गरिएको छ । […]
बर्दिया/ बढैयाताल गाउँपालिका-१ ठुलो डांफे बस्ने शेर बहादुर सुनारकी छोरी १८ महिनाकी गोमा सुनारको आफ्नै घर नजिक रहेको नालाको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-८ त्रिभुवन चोक बस्ने सुनिल कुमार गुप्ताको जय बैष्णु रेडिमेट फेन्सी पसलमा शनिबार राति विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको छ । प्रहरीले स्थानिय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालगन्ज, असार १४ गते । बाँकेको सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले विरोध सुरु गरेपछि आर्थिक विधियेक, नीति तथा कार्यक्रम प्रस्तुत नभएर स्थगित भएको सभा बिहिबार पुन सञ्चालन गरेर नीति तथा कार्यक्रम […]
१४ असार, गुल्मी । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का ६ वर्षीय शिव विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]
१० असार , बढैयाताल गाउँपालिकाको १५ औ अधिबेशनले आ.ब. ०८१र०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको सभाध्यक्षमा भएको गाउँ सभाको १५ औ अधिबेशलने नीति तथा कार्यक्रम पारित गरेको हो । सभाका सभाध्यक्ष त्रिपाठीले कृषि , पर्यटन शिक्षा र पुर्वाधार – बढैयाताल समृद्धिको मुल आधार भन्ने नारा लाई पुरा […]











