बर्दिया — कर्णाली नदीमा करिब तीन दशक अघिसम्म ठूलो संख्यामा डल्फिन खेलिरहेका भेटिन्थे । नदीमा विचरण गर्ने जलचर प्राणी डल्फिनको संख्या अहिले ३ वटा मात्रै छ ।   गेरुवा नदीको पाताभार क्षेत्रमा एउटा मात्र भएको अध्धयनले देखाएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । प्राकृतिक दोहनसँगै कर्णालीको भँगालोमा जलस्तर निकै कम भएका कारण डल्फिनको संख्या कम […]

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । नगरसभाले बजेट तथा योजनाको पुनरावलोकन गर्दै उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाएको उपमहानगरपालिकाका प्रवक्त तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । उनले जेनजी प्रदर्शनपछि उपमहानगरपालिकाका सवारीसाधन जलेर नष्ट भएकाले आवश्यकताका आधारमा खरिद […]

  काठमाडौँ —बर्दिया घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समितिले बिहीबार गृहसचिव रामेश्वर दंगाललाई प्रतिवेदन बुझाएको छ । अनुसूचीसहित ३५ पेजको प्रतिवेदनमा जिल्ला प्रशासनले खेल्नुपर्ने थप भूमिका देखि वडा कार्यलयले नागरिकको समस्या समयमै सहजीकरण गर्न नसक्दा देखापर्ने जटिलताको विषय समेटिएको छ । प्रतिवेदनले नागरिकले पाउने सबै सेवा नागरिकतामा मात्रै निर्भर हुने परिपाटीको सट्टा नागरिकताका अलवा अन्य […]

बर्दिया/ईकान्तिपुर — न्याय नपाएकै कारण चार दिनको अन्तरालमा बाबुछोरीले ज्यान गुमाएपछि पीडित परिवार अहिले भयभीत छ । आफ्नै घरमा पनि पीडित परिवार राम्रोसँग सुत्नसमेत सकेको छैन ।   बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीमा भएको यो घटनापछि उक्त परिवार त्रसित बनेको हो । चार दिनको अन्तरालमा घरका दुई सदस्यले ज्यान गुमाएपछि परिवारका अन्य सदस्य भयभित छन् । […]

नेपालगञ्ज —बाँकेको भेरी अस्पतालमा नेपालमै पहिलोपटक नवजात शिशुको निःशुल्क सिकलसेल जाँच सुरु भएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्रा.डा राजन पाण्डेका अनुसार नेपालमै पहिलो पटक भेरी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिन (Bio–Rad VARIANT™ nbs System) प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो । ‘नयाँ मेसिन […]

नेपालगन्ज । जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले यस वर्षको चिसोमा बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । त्यसका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको […]

  बर्दिया —बर्दियामा यस चालु आर्थिक वर्षको साउनदेखि पुस २ गते सम्म चार जनाको ज्यान गइसकेको छ । बुधबार दिउँसो बारबर्दिया नगरपालिका–१० डफैयाका दिनेश थारुको चितुवाको आक्रमणमा परी मृत्यु भयो ।   त्यसै गरी बारबर्दिया–११ कालावेलभार सामूदायिक वनमा मंसिर १२ गते घाँस काटिरहेको अवस्थामा चितुवाको आक्रमणमा गोपी थरुनीको मृत्यु भयो । यसै गरी साउन ३० […]

गुलरिया(बर्दिया)  । गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटमा बनाइएको काठको पुलमा सर्वसाधारणहरू पैसा तिरेर आवत जावत गर्न बाध्य छन् । बारबर्दिया नगरपालिकाले नदी तार्नका लागि ठेक्का लगाएकाले पुलमा पैसा तिरेर आवतजावत गर्न बाध्य भएका हुन् । नगरपालिकाले गत साउन महिनादेखि माघ १५ गतेसम्म ६ महिनाका लागि नदी तार्न करिब १८ लाखको लिने गरी ठेक्का […]

फाईल फोटो । बर्दिया । पती र वडा अध्यक्षले जन्म दर्ता र नागरिकता नबनाई आत्माहत्या गर्न बाध्य बनाईएका बाबु र छोरीको मुद्दाका आरोपित अनिल थारु पक्राउ परेका छन । उनलाई प्रहरीले भारतबाट झिकाएर पक्राउ गरेको हो । उनि घटनापछि भारतमा लुकिछिपि बसेका थिए । घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ । […]

बाँके। भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिई विवाह गर्न भारत जाने युवती मानव बेचबिखनको जोखिममा पर्ने सम्भावना बढेको हो । भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगन्जस्थित […]