गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट आज बिहान दु बारबर्दिया नगरपालिका ६, मनिकापुरका ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू घाईते भएका छन् । उनीहरुलाई मनिकापुर नगरअस्पताल नजिकै चितुवाले आक्रमण गरेको स्थानीयले जनाएका छन् । बाटोमा हिँडिरहेको समयमा चितुवाले आक्रमण गरेको हो । घाइते इश्वरको बाँया खुट्टाको पैताला र जलवीरको ढाडमा चोट लागेको छ […]

  बाँके। नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चार लेनको पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले एक महिनाभित्र नयाँ पुलबाटै सवारी साधन सञ्चालन हुने गरी निर्माण कार्य तीव्ररुपमा अघि बढेको जानकारी दिनुभयो । योजना प्रमुख भण्डारीले भन्नुभयो, […]

    काठमाडौं । नारायणघाट बुटवल सडक योजना पश्चिम खण्डले शीतलहरका कारण प्रभावित भएको पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक सञ्चालनमा आए पनि जाम लागेको जनाएकोछ । उसले तल उल्लेखित बैकल्पिक राजमार्ग प्रयोग गर्न आग्रह गरेको छ । यी हुन् वंकल्पिक मार्ग : पूर्वपश्चिम राजमार्ग हुँदै आउने/जाने सवारीसाधन: नारायणघाट-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा- बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट)-रामपुर-पिपलडांडा- पाल्पा- बुटवल। काठमाडौँबाट […]

नेपालगन्ज, पुस १३ गते । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिनु भयो । जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको […]

बर्दिया —राजापुर नगरपालिका–१० कर्मनीमा चितुवाको आक्रमणमा परि सोही ठाउँका ५२ वर्षीय हेमराज बुढाथोकी घाइते भएका छ्न ।   सिमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट वस्तु भाउ चराएर फर्किने बेला शनिबार बेलुकी घर नजिक आक्रमणमा परेका हुन् । सव डिभिजन वन कार्यालय, राजापुरका अनुसार चितुवाको आक्रमणमा दुबै खुटटा र बाँया हातको औलामा चोट लागेको छ । उनलाई […]

बर्दिया —पाँच जनाको घरमा आगजनी गरेको आरोपमा सोधपुछका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम गुलरिया नगरपालिका–१० बाजी प्रसियामा अज्ञात समूहले बिहीबार राति एकै परिवारका आफन्तसहित पाँच घर टहरामा आगजनी गरेका थिए । सद्दाम बेहनाको टायलले छाएको घरमा आगजनी सुरु गरेपछि उनका आफन्तको घरमासमेत आगो लगाएको ईस्लाम बेहनाले जनाए । आगजनी हुनासाथ ज्यान […]

  गुलरिया— अन्तर जातीय विवाह गरेको विषयलाई लिएर गुलरिया नगरपालिका–१० बाजी प्रसियामा अज्ञात समूहले बिहीबार राति सद्दाम बेहनाको टायलले छाएको घरमा आगजनी गरेका छन् ।   आगजनीबाट घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । बर्दिया प्रहरीका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार राति पौने ९ बजे आगजनीको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल, […]

बर्दिया ।गुलरिया नगरपालिका–८ सर्जुनदी टपरास्थित उखुबारीमा बच्चासहितको चितुवाले बासस्थान बनाएको छ । अघिल्लो साता उखुबारीमा घाँस काट्न गएको बेला दुई बच्चासहितको चितुवा देखेको स्थानीयले बताएका छन् । यस क्षेत्रमा लागतार चितुवा आक्रमणका घटना हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । दिनहुँ पशुचौपायालाई शिकार बनाउँदै आएको चितुवाले बालबच्चालाई आक्रमण गर्न सक्ने जोखिम बढेको गुलरिया नगरपालिका–८ का […]

  बर्दिया —बाँसगढी नगरपालिका–४ मटेरियामा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परी चालक बाँसगढी नपा–६ का २७ वर्षीय राजेश थारुको मृत्यु भएको छ । दुर्घटनापछि उनि गम्भिर घाइते भएका थिए । महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ रोकिरहेको सुप्रप ०२००१ ख ११८८ नम्बरको ट्रकमा भे ११ प ४६३१ नम्बरको मोटरसाइकल रोकिरहेको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । ट्रक चालक […]

बर्दिया/रासस । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । यहाँ आठगुणाले बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । बाघको […]