२८ वैशाख, सुर्खेत । यार्सागुम्बा टिप्न गएका जाजरकोट बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङको लेक लागेर मृत्यु भएको छ । उनको यार्सागुम्बा खोज्नका लागि पाटन तर्फजाँदै गर्दा से–फोक्सुन्डो गाउँपालिका–५, दुलुङमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका अनुसार देवेन्द्रको मंगलबार मृत्यु भए पनि प्रहरीले भने बिहीबार बेलुका मात्रै जानकारी पाएको थियो । […]
रुकुमपश्चिम, वैशाख २८ गते । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका –१३ एगौली निवासी ४० वर्षीया हीरा बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिकलाई बिहीबार दाङको बबई गाउँपालिका वडा नम्बर ५ हुरुमबेलीचौरबाट पक्राउ गरिएको हो […]
सुर्खेत, वैशाख १९ गते । रोजेको मन्त्रालय नपाएपछि नेकपा (एमाले) का नेता विनोदकुमार शाहले मन्त्रीको शपथ लिन अस्वीकार गर्नुभएको छ । एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर शाहले मंगलबार शपथ ग्रहण कार्यक्रम नै बहिष्कार गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका शाहले […]
कालीकोट, वैशाख १४ गते । कालीकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएको आरोप लागेका पदमबहादुर रावतलाई प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ । उहाँलाई भारतबाट पक्राउ गरी सुर्खेतमा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले रावत पक्राउ गरेको पुष्टि गर्नुभयो । चार दिनअघि पक्राउ गरेर […]
जिल्ला हुम्ला, चंखेली गाउँपालिका, वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली र असिस्टेन्ट सव-इन्जिनियर हर्कधन बुढाले आ.व. २०७४/0७५ मा संचालित चंखेली गाउँपालिका, वडा नं. 3 स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको छ । विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका छन््। सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास […]
नेपालगन्ज, वैशाख ११ गते। कर्णाली प्रदेशको राजधानी सुर्खेतका एक सात वर्षीय बालकलाई प्रहरीले मंगलबार नेपालगन्जमा फेला पारेर अभिभावकको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी नारायण डाँगीले जिल्ला सुर्खेत बराहताल गाउँपालिका ५ घर भएका रितु दर्लामीका ७ वर्षीय छोरा आर्मिन दर्लामीलाई सोमबार नेपालगन्ज १ धम्बोझीमा अलपत्र अवस्थामा फेला पारेर […]
सल्यान — घोराहीबाट रुकुम जाँदै गर्दा सल्यानको बाग्चौर नगरपालिका-२ थारमारेस्थित ठिनबाङ्ग खोलामा भएको बस दुर्घटनामा परि घाईते २२ घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि नेपालगञ्ज र दाङका अस्पताल ल्याईएको छ । गम्भिर घाइते भएका त्रिवेणी गाउँपालिका २ रुकुम पश्चित बस्ने वर्ष २२ की चीत्रा पुन, वर्ष ६ का रेशम मगर, नारायण नगरपालिका-४ दाङकी वर्ष […]
दाङ/रासस। सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन् । स्थानीयहरुका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य […]
काँक्रेविहार (सुर्खेत)। कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने अनुमति पाएसँगै निर्माणको […]












