काठमाडौं, ६ मंसिर/ रोल्पा, त्रिवेणी गाउँपालिका-३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । जुम्ला, गुठीचौर गाउँपालिका-१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्युठान, प्युठान नगरपालिका-८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल सोही […]

कालीकोट, ५ मंसिर/ तिलागुफा नगरपालिका-१ नाग्मागार्डस्थित तिला नदीले बगाएर हाल नाम, थर वतन नखुलेका अन्दाजी ३८ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ । नदीले बगाइरहेको अवस्थामा प्रहरी चौकी नाग्मागरीको प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरी स्थानीय मेडिकल पठाएको थियो । थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो […]

  रासस, खलंगा, कात्तिक ३०/ दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ। नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला […]

२४ कात्तिक, सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको छ । छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पताले जनाएको छ । यससँगै जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ […]

रासस.जुम्ला, कात्तिक १९ / जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। भे१ह ३१९७ नम्बरको […]

रासस/ रासस, जाजरकोट, कात्तिक १९ । शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन्। सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो। भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ। त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ। राहत तथा […]

  कात्तिक, खलंगा । शुक्रबार राति जाजरकोट मस्त निद्रामा थियो । भेरी नगरपालिका–३ माथिल्लो थाप्लेका प्रकाश शाह (४९) को परिवार पनि पहिलो निद्रामा मस्त थियो । घर नजिकै रहेको मन्दिरको घण्टी मध्यरातमा एक्कासी बज्यो । निरन्तर बजेको घण्टीको आवाजले सत्तलमा सुतेकी नरिन्ताकुमारी शाह (५१) ब्यूँझिइन् । ‘घण्टी बेस्सरी बजेपछि उठ्दा भूकम्पले बेस्सरी झ्याँक्यो’, भूकम्पको धक्का […]

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ । तर त्यसमध्ये आठबीसकोट(१४ कामात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ । यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।  

  दैलेख । भैरवी गाउँपालिका–४ सिलंगीमा भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भैरवी गाउँपालिका–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाल रहेका छन्। प्रहरीका अनुसार झडपमा मृत्यु भएका किशोरका जेठान नाता पर्ने सुमन शाही पनि घाईते भएका थिए। […]

    जुम्ला — कर्णालीको प्रमुख धार्मिक पर्यटकीय स्थल चदननाथ भैरवनाथ मन्दिरको लिंगो फेरेर जुम्लामा घटस्थापना सुरू गरिएको छ । खलंगाको बीचमा रहेको चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो खडा गरिएको हो । यहाँ चन्दननाथ भैरवनाथ मन्दिरको लिंगो खडा गरेर मात्र घटस्थापना गर्ने चलन छ ।