धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर कृष्णपुर नगरपालिका–१ को पहरियामा ७ महिनाका सोनु धानुकको मृत्यु भएको छ । प्रहरीका अनुसार सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको थियो । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
टीकापुर (कैलाली), असार२० गते । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिनुभयो । बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उहाँले जानकारी दिनुभयो । “वडा नं […]
अछाम, असार १९ गते । नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब-स्टेसनको इनकमरमा समस्या उत्पन्न भएपछि अछाम र बाजुराको बिजुली अवरुद्ध भएको छ । सब-स्टेसनको इनकमरमा रातीबाट नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको बताइएको छ । साँफेबगरमा रहेको सब(स्टेसनको ११ केभीमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको अछाम वितरण केन्द्रले जानकारी दिएको छ । समस्या आएकोमा […]
१२ असार, धनगढी । कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एपसी) पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र […]
बैतडी, असार ८ गते। महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो। शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा आज बिहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएकी र केही […]
टीकापुर, असार ५ गते । गर्मी छल्न कुलाेमा नुहाउन पुगेका लम्कीचुहा नगरपालिका–५ थापापुरका युवा कैलाश विष्टको ज्यान गएको छ । जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा असार ४ गते दिउसो विष्ट डुब्नु भएको थियो । सात जना युवाहरू सँगै नुहाइरहेका बेला विष्ट पानीमा डुबेर बेपत्ता हुनुभएको हो । इलाका प्रहरी […]
बैतडी, असार २ गते । सँगै मर्ने, सँगै बाँच्ने बाचा कसम खाएर प्रेम बन्धनमा बाँधिएर विधिवत् विवाहको तयारीमा रहेका एक प्रेमीकाले आफ्नै प्रेमीसहित उहाँका आमाबुवालाई खानामा विष मिसाएर खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेकी छन् । पुर्चौडी नगरपालिका–१०, विजयपुरको बिचकिल्ला घर भई प्रेमीको घर सुर्नया गाउँपालिका –५, बरायलको मल्लो कक्सयाली बस्दै आएकी १८ वर्षीया […]
धनगढी । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । घटनाको बिस्तृत जानकारी खुल्न बाँकी छ ।
टीकापुर, जेठ २४ गते । हावाहुरीले ढलेको रुखले च्यापेर टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको छ । बुधवार राति ८ बजेतिर फुपूको घरबाट फर्किँदै गरेकी प्याउरीलाई आफ्नो घर नपुग्दै बाटैमा रुख ढलेर च्यापेको प्रत्यक्षदर्शी कर विकले जानकारी दिनुभयो । विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्दै हुनुहुन्थ्यो । उहाँको […]
धनगढी। कञ्चनपुरको पुनर्वास नगरपालिका –१ ढक्कास्थित हुलाकी राजमार्गमा आज बम विष्फोट भएको हुँदा राजमार्गमा खाल्डो परेको छ । विष्फोटले धुँवाको मुस्लोस्थानीयले देखेको बताएका छन् ।











