धनगढी —आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ । ईकान्तिपुरकक अनुसार शीर्ष नेताहरुबीच मंगलबार बिहान सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपनि एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने व्यक्तिका विषयमा चासो राखेपछि अन्यौलता उत्पन्न भएको स्रोतले […]
धनगढी, वैशाख ४ गते । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवादले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा सकस भएको छ । एउटै पार्टीबाट दुई जनाले दाबेदारी प्रस्तुत गरेसँगै दुई दिन बित्दा पनि प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्री नियुक्त गर्न सक्नुभएको छैन । नाउपाको संसदीय दलका प्रदेश सभा सदस्यहरू दुई धारमा विभाजित भएका कारण एउटै पार्टीबाट दुई […]
अछाम (मङ्गलसेन), । गोठकाे छानामा आगलागीमा परेर अछामको मेल्लेखमा दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ षोडशाका दीपक बोहराकी अन्दाजी आठ वर्षीया छोरी भावना बोहरा र रमेश बोहराकी अन्दाजी ६ वर्षीय छोरा गोपाल बोहराको घटनास्थलमै ज्यान गएको हो । घरबाट करिब ५० मिटर नजिक रहेको गोठमा स्याउला र पराल राखेको स्थानमा बालबालिकाले […]
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च न्यायाधीश प्रकाशमान सिंह राउतको आइतबारको इजलासले अन्तरिम आदेश जारी गरेका हुन्। गिरीले प्रदेश सभा सचिवालयसमेत ५ जनाविरूद्ध चैत ३० गते रिट दायर गरेकी थिइन्। प्रदेश सभा सचिवालयले उनलाई […]
धनगढी । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), र राप्रपाको साथ पाएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेश गरेका छन्। चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँकहाँ पुगेर दाबी पेश गरेका हुन्। चौधरी नाउपाका संरक्षक रेशम चौधरीनिकट सांसद हुन्। सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका […]
धनगढी । सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ । कांग्रेस संससदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने जानकारी रातोपार्टीलाई दिए । समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिंदैछ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकारमा दाबी पेस गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिने भए […]
धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नै दलका सांसदलाई कारबाही गरी कार्यान्वयनको लागि सिफारिस गरिएको पत्र निष्प्रभावी भएका छ । नाउपा अध्यक्ष श्रेष्ठले प्रदेश सरकारका आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाएको पत्र सभामुखलाई प्रेषित गरे पनि प्रभावहीन भएको पाइएको हो । घनश्याम चौधरीको सांसद पद र उनको […]
धनगढी —शुक्रबार मध्याह्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीका सांसद एवं संसदीय दलका नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरिएको पत्र सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीलाई जानकारीका लागि पठाइन् । अध्यक्ष श्रेष्ठको पत्र त्यतिबेला जारी भयो, जतिबेला उनको पार्टीका प्रदेश सांसदहरूको अर्को समूहले श्रेष्ठले नरुचाएका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न लगाउने […]
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । ९ दिनको समय दिंदै संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि मियाँले २३ चैतमा आह्वान गरेका थिए । सरकार गठनका लागि आह्वान भएको तीन दिनसम्म मुख्यमन्त्रीमा अहिलेसम्म कसैले दाबी […]










