धनगढी। सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । यसअघिको गठबन्धन सरकारबाट बाहिरिएको नागरिक उन्मुक्ति पार्टी नयाँ सरकार गठनका लागि निर्णायक देखिएको हो । नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि सो पार्टी प्रदेश सरकारबाट हटेको थियो । बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री शाहले राजीनामा दिएपछि संविधानमा […]

सुनसरी —सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । शान्ति […]

  धनगढी । दार्चुलाको शैल्यशिखर ९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका(७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका छन् ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको […]

    धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । तर, सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ । विश्वासको मत पाउने टुंगो नभएपछि मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन […]

  धनगढी — नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद चुलिएको बेला अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकीमा पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाही गरेपछि विवाद उत्कर्षमा पुगेको छ । सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट […]

  धनगढी —सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्तिभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजनको संघारमा पुगेको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार डाकिएको केन्द्रीय समिति बैठकमा दुई समूहमा विभाजित नेता–कार्यकर्ता हात हालाहालको अवस्थामा पुगेका छन् । पार्टीका संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गरेर अघि बढ्ने अडानमा छन् भने पार्टी अध्यक्ष […]

  सुखड (कैलाली), चैत १४ गते । कर्णालीको पुलबाट नदीमा हामफालेर पौडी खेल्ने क्रममा बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाहीको खोजी कार्य जारी रहेको छ । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट फागुपूर्णिमाको दिन दिउँसो १७ जनाले हामफालेका थिए । सोमध्ये १६ जना पौडी खेलेर पार भए पनि लोकेन्द्र बेपत्ता रहेका छन् । फागुपूर्णिमाको रमझमपछि मादक […]

  काठमाडौँ — शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१-००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान  अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घटनास्थलमा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ रिसिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् । ४२ […]

  बाजुरा । बाजुराका ६८० जना विद्यार्थीलाई एक संस्थाले प्याडसहितको पेन्टी वितरण गरेको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रीनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात् महिनावरी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरु हर्षित बनेकी हुन् । प्याड नहुँदा महिनावारी भएको बेला विद्यालय पढ्न जाँदा रगत बाहिर बग्छ कि भन्ने डर लाग्ने गरेको […]

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय लिन संसदीय दलको बैठक बोलाउको छ । नाउपाले आइतबार (आज) दिउँसो २ बजे प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो । आर्थिक मामिलामन्त्री समेत रहेका दलका नेता घनश्याम चौधरीले बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा निर्णय गर्ने बताए […]