कैलाली, २७ चैत- जानकी गाउँपालिका-५ अमौरास्थित सडकमा सु.प.प्र.०१-००१ ज १५९८ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४४ वर्षीया हरू बडुवालको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले […]

  धनगढी। कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटे बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणमा आउन नसकेपछि वनकर्मी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण र सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका छन् । बाघले शुक्रवार राति हरिप्रसाद चौधरीको बाच्छोलाई मारेको थियो । बाघ सिनो खान पुनः आएको बेला नियन्त्रणको प्रयास गर्ने टोलीको […]

  मुकेश कुमार यादव   सिरहा १७ चैत । सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  अस्पतालहरुमा छड्के अनुगमन गरेको छ ।मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा अबैध रुपमा सञ्चालित १४ वटा निजी अस्पतालमा छड्के अगुमन गरेका हुन्। अनुगमनको क्रममा  १३ वटा अस्पताल अबैध रुपमा चलाइरहेको भन्दै बन्द गराइएको मुख्यमन्त्री सिंहले बताए। उनले भने, ´अबैध रुपमा […]

    धनगढी । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरी बलात्कृत हुनु भएको छ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ का १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बुधवार अपराह्नतिर किशोरी बलात्कृत भएको खबर प्राप्त भएपछि अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । प्रहरीले आरोपितलाई नियन्त्रणमा […]

  धनगढी । कैलाली धनगढी उपमहानगरपालिका–६ मटियारीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते भएका छन् । घाईते हुनेमा मीना खड्का, छोरी २० वर्षीया चन्द्रा र ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी रहेका छन् । तीनै जनाको धनगढीकै विसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मिनाको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा सिलिन्डर एक्कासि […]

  बझाङ । बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए। उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे उजुरी […]

  धनगढी । कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ। बिहीबार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबि रानाको मृत्यु भएको जनाइएको छ।

  बाजुरा । बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार गरिएको छ। जिल्लाको गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको उद्धार गरिएको हो। सिर्जनाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी थिइन्। स्वास्थ्य चौकी भन्दा एक घण्टा टाढा बाटोमै शिशु जन्माएपछि उनलाई महिला स्वास्थ्यकर्मीले स्ट्रेचरमा बोकेर स्वास्थ्य केन्द्र पुगाएका थिए। माझपाली आधारभूत स्वास्थ्य […]

  धनगढी । धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन्। धनगढी उपमहानगरपालिका–१५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा शनिबार आगो लगाएको प्रहरीले जनाएको छ। उनले मदिरा सेवन गरी आफ्नै कच्चि घर र घर नजिकै रहेको परालको थुप्रोमा आगो लगाएका हुन्। उक्त आगलागीबाट शाहको १ लाख ८० हजार बराबरको […]

  कञ्चनपुर।भिमदत्त नगरपालिका, नेपाली का‌ंग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्।   भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा सडकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।   सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको […]